International News

आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रि, ओमानले अमेरीकालाई चार विकेटले हरायो

आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रि अन्तर्गत गएराति भएको खेलमा ओमानले अमेरीकालाई चार विकेटले पराजित गरेको छ ।

बर्षाका कारण ४३ ओभरमा झारीएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरीकाले सात विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि इब्राहिम खलीले ४८ तथा सागर पटेलले ३६ रन बनाए । यस्तै एलेक्स आम्सड्रामले २५ रन थपे ।

जवाफमा डर्क वर्थ एण्ड लुइसको नियमका आधारमा ओमानले ४३ ओभरमा एक सय ८४ रनको लक्ष्य पाएको थियो । जुन ओमानले ३९ ओभर चार बलमा ६ विकेट गुमाउदै पुरा गरयो । ओमानको जितमा इकिब लेयसले ५५ तथा जेसन मक्सुदले ४६ रन बनाए । यसतै मोहम्मद नदिमले ३० रन थपे ।

Latest News

To Top