International News

वेष्ट इन्डिज विरुद्धको तेस्रो टेष्टमा पाकिस्तान १०१ रनले विजयी

वेष्ट इन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा पाकिस्तान एक सय एक रनले विजयी भएको छ । जितसंगै पाकिस्तानले तीन खेलको श्रृखला दुई एकले जितेको छ ।

वेष्ट इन्डिजको डोमिनिकामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो पारीमा तीन सय ७६ रन बनायो । उसका लागि अजर अलीले एक सय २७ तथा कप्तान मिस्वाउल हकले ५९ रन बनाए । यस्तै बाबर अजामले ५५ र सरफराज अहमेदले ५१ रन थपे ।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा दुई सय ४७ रनमा अलआउट भयो । उसका लागि रोस्टोन चेसले ६९ रन बनाउदा बाकि खेलाडीले खासै राम्रो खेल्ने सकेनन । पहिलो पारीमा एक सय २९ रनको अग्रता बनाएको पाकिस्तानले दोस्रो पारीमा भने खासै राम्रो खेल्न सकेन । जसमा पाकिस्तान एक सय ७४ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेनन ।

तर तीन सय चार रनको लक्ष्य पाएको वेष्ट इन्डिज दुई सय दुई रनमा अलआउट भयो । उसका लागि चेसले एक सय एक रनको पारी खेलेपछि बाकि खेलाडी एकपछि अर्को रुपमा आउट हुदा हार्न पुग्यो । हारसंगै वेष्ट इन्डिजले पुरै श्रृखला दुई एकले गुमायो ।

Comments:

comments

About the author

News Staff

Latest News