दृष्टीविहिन महिला राष्ट्रिय क्रिकेट, उपाधि धौलागिरीलाई, अन्नपुर्ण १५ रनले पराजित

राजधानीमा सम्पन्न दृष्टीविहिन महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि धौलागिरीले जितेको छ । फाइनलमा अन्नपुर्णलाई १५ रनले हराउदै धौलागिरीले उपाधि उचालेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको धौलागिरीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ५७ रन बनायो । उसका लागि सरिता घिमिरे ४२, आशिका चौधरी ३७ रनको योगदान गरिन । धौलागिरीले नौ विकेट नै रनआउटका रुपमा गुमाएको थियो ।

जवाफमा अन्नपुर्ण २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४२ रनमा रोकियो । अन्नपुर्णका लागि आयुश्मा क्षेत्रीलेस २९, सरिता चौधरीले २८ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । प्रतियोगितामा उमन अफ द सिरीज धौलागिरीकी आशिका चौधरी घोषित भइन । उनले पुरै प्रतियोगितामा एक सय एक रन बनाउनुका साथै दुई विकेट र चार वटा रनआउट गरेकी थिइन ।

प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने टिमले समान ६–६ हजार रुपैया प्राप्त गरे । दृष्टीविहिन क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा तीन विभिन्न क्षेत्रको सहभागिता रहेको थियो ।

Comments:

comments

About the author

News Staff