National News

अत्तरीया कप महिला क्रिकेट, सशस्त्रले मिलन क्रिकेट एकेडेमीलाई सात विकेटले हरायो

धनगढीमा आज देखि सुरु भएको अत्तरीया कप महिला क्रिकेटमा विभागीय टीम सशस्त्र प्रहरीले जितका साथ प्रतियोगिता सुरु गरेको छ । उपाधिको दावेदार सशस्त्रले मिलन क्रिकेट एकेडेमी झापालाई सात विकेटले हरायो ।

अत्तरीया स्थित सशस्त्रको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा ९३ रन वनायो । सुरवातमा नै चार विकेट गुमाएको मिलन एकेडेमीका सरस्वतीले अविजित २१ र मेन्सीले अविजित १९ रन वनाईन । यस्तै रितु जैनले पनि १९ रन वनाईन् । कप्तान रुविना क्षेत्रीले १४ रनको योगदान दिईन् । सशस्त्रका लागि करुणा भण्डारीले एक विकेट लिईन भने तीन जना खेलाडी रनआउट भए ।

९४ रनको लक्ष्य सशस्त्रले १५ओभर पाच ओभरमा तीन विकेट गुमाउदै पुरा ग¥यो । उसका लागि ज्योती पाण्डेले अविजीत ५३ रनको पारी खेलिन् । यस्तै करुणा भण्डारीले अविजित १८ रन वनाईन । मिलन क्रिकेट एकेडेमीका लागि संगीता राईले दुई विकेट लिईन । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन । पहिलो खेलमा राईजिङ क्रिकेट वुमन काठमाण्डौ र कैलाली जिल्ला क्रिकेट एकेडेमी तथा दोस्रो खेल सशस्त्र र कञ्चनपुर ११ वीच हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उप विजेताले एक लाख रुपैया प्राप्त गर्नेछन । यस्तै प्लेयर अफ दी सिरिजलाई २५ हजार, विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले समान १०–१० हजार रुपैयँ पाउनेछन । प्रतियोगितामा सशस्त्र प्रहरी बलसंगै मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टिम, कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन ।

Most Popular

To Top