एशियन क्लव प्रिमियर लिग, आज खेल हुनसकेन भोलीका लागि सारीयो

एशियन क्लव प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेल समय अभावका कारण भोलीका लागि सारिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा नेपाल स्ट्रोम्स र दुबई वारीयर्स विच उदघाटन खेल हुने बताइएपनि प्रयाप्त समय नभएको भन्दै आयोजकले भोलीका लागि सारेको हो । निर्धारीत खेल तालिका अनुसार आज उदघाटन समारोह र पहिलो खेल हुने भनिएको थियो । तर उदघाटन समारोह १२ बजे सुरु हुने भनिएपनि प्रयाप्त तयारी नहुदा करीव दुई घण्टा पछाडी धकेलिएको थियो ।

त्यसपछि खेलका लागि खेलाडी मैदानमा पुगेपनि मौसम र समय अभावका कारण भोलीलाई सारिएको आयोजकले पत्रकारसंग बताए । भोली विहान १० बजेबाट खेल हुने बताइएको छ । आजको खेल सरेपछि आयोजकले प्रतियोगिताको विचमा राखेको रिर्जभ डेलाई हटाउने भएका छन ।

Comments:

comments

Latest News