National News

एपिएलको सट्टा एशियन क्लव प्रतियोगिता, यू-१९ टिमलाइ आयोजकले क्षतिपुर्ती दिने

Asian Premier League

नेपालमा एशियन प्रिमियर लिग आयोजना हुने भनेर घोषणा भएकै दिन देखि विवादमा तानिएको प्रतियोगिताको नाम परिवर्तन भएर एशियन क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद र प्रतियोगिता आयोजक विच भएको छलफल पछि एपिएललाई क्लव प्रतियोगिता बनाउने सहमती भएको हो । यसअघि आइसीसीको अनुमती विना एपिएल आयोजना हुन लागेको थाहा हुने वितिक्कै त्यसको विरोध भएको थियो । यसमा परिषदले एपिएल नभइ क्लव प्रतियोगिताका लागि अनुमती दिएको बताएको थियो । राखेप र आयोजक विच हाल प्रशिक्षणमा रहेका अन्डर नाइन्टिन टिमलाई प्रतियोगिता भन्दा ६ दिन अघि नै भारतको दिल्लीमा प्रशिक्षणका लागि पठाउने पनि सहमती भएको छ ।

त्यसको सबै खर्च अल्टिमेट स्पोर्टस म्यानेजमेन्टले गर्नेछ । जो यो प्रतियोगिताको मुख्य आयोजक हो । पुर्व निर्धारीत तालिका अनुसार अन्डर नाइन्टिन टिम करीव एक साताका लागि भारत जाने योजनामा रहेपनि अब त्यसभन्दा ६ दिन अगाडी नै भारत जाने भएको हो । असार पाच गतेदेखि किर्तीपुरमा हुने प्रतियोगिता नेपालमा कसरी आयो र आयोजकको बारेमा जानकारी नभएकाले पारदर्शी हुन नसक्ने तथा अन्डर नाइन्टिन टिमको प्रशिक्षणमा असर पर्ने भन्दा क्रिकेट खेलाडी संघ नेपालले घोर आपत्ती जनाएको थियो ।

जसका कारण परिषदका सदस्य सचिवको पनि ठुलो आलोचना भएको थियो । सो आलोचनाबाट मुक्त हुन परिषद र आयोजक विच नया सम्झौता भएको हो । प्रतियोगितामा नेपालबाट पाच खेलाडीले सहभागिता जनाउदैछन । ६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, युएई, अफगानिस्तान, श्रीलंकाको नामबाट टिम तयार पारिएको छ । स्मरण रहोस यसअघि यूएइको सारजाहमा यो प्रतियोगिता गर्ने बताएपनि के कारणले नेपाल आएको हो त्यो भने अझै खुल्न बाकि छ ।

Most Popular

To Top