समाचार

एशियन क्लव क्रिकेट, नेपाल स्ट्रोम्सको कप्तान परिवर्तन

Asian Premier League

कीर्तिपुरमा मैदानमा अबको केहि बेरमा सुरु हुने एसियन क्लव प्रिमियर लिग क्रिकेटको उदघाटन समारोह सुरु भएको छ । प्रतियोगिता अन्तर्गतको आजको पहिलो खेलमा दिउँसो २ बजे नेपाल स्ट्रोम र र दुबई वारियर्स भिड्ने भएका छन्।

तर नेपालको नामबाट राखिएको टिम नेपाल स्ट्रोमको कप्तानी परिवर्तन गरिएको छ। यसअघि स्वाप्निल पाटिललाई नेपालको कप्तानी बताइएपनि उनलाई इन्डियन स्टार्सको कप्तानका रुपमा राखिएको छ। स्वाप्निलको स्थानमा स्टुट म्यागगीललाई नेपाली टिमको कप्तानी दिइएको छ । उनी अष्रे। लियाका पूर्व लेग स्पिन बलर हुन्। आधुनिक लेग स्पिन बलरहरु मध्ये उनलाई उत्कृष्ट स्ट्राइक रेट भएको बलरका रुपमा हेरिन्छ। सन् २००७ मा वार्नले सन्यास लिएपछि उनी फेरी अष्ट्रेलियन टीममा फर्केका थिए भने सन् २००८ मा अष्ट्रेलियाको वेष्टईण्डिज भम्रणका क्रममा उनले सन्यास लिएका हुन् । आयोजकले उनलाइ कप्तानसँगै मेन्टरको भुमिकामा पनि बाढेको छ ।

उनीसँगै नेपाल स्ट्रोममा परेश लोहनी, भुपेन्द्र थापा, सिद्धान्तराज शाही, अमर सिंह रौटेला र राजविर सिंह नेपाली खेलाडी छन् भने वनित धयामी, सर्वेश सृष्ठ, श्याममोहन श्रीवास्तव, मालविन्दर, कमल खान, पवन चण्डल, दिशान्त यादव, जितेन्द्र शर्मा, राहुल पाण्डे, धन्जय त्यागी, आशिष विष्ट र गौरव बार्बाडे जस्ता खेलाडी छन्।

Most Popular

To Top