Blind Cricket

दृष्टिविहिन पुरुष क्रिकेट, बाकेलाइ ५ विकेटले हराउदै बागमतीले उपाधि उचाल्यो

राजधानीमा सम्पन्न नवौ क्षेत्रीय दृष्टिविहिन पुरुष क्रिकेट प्रतियोगिताको उपाधी बागमतीले जितेको छ । आज भएको फाइनलमा बागमतीले बांकेलाइ ५ विकेटले पराजित गर्दै उपाधी उचालेको हो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको बांकेले १९ ओभर पांच बलमा ८५ रनमा अलआउट भयो । उसका लागि दुर्गा दत्त पौडेलले ३२ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए । बलिङ तर्फ बागमतीका श्याम ढुगांना एक्लैले पांच विकेट लिए । आनन्द पान्डे र कुशल न्यौपानेको नाममा एक एक विकेट रह्यो ।

जवाफमा ८६ रनको लक्ष्य बागमतीले १२ ओभर तीन बलमा पांच विकेट गुमाउदै पुरा गरयो । बागमतीलाइ सहज जीत दिलाउने क्रममा रमेश बुढाथोकी र भेष बहादुर रानाभाटले समान १८–१८ रनको योगदान दिए । बांकेका लिल बहादुर चौधरीले तीन विकेट लिए । तीन दिन सम्म चलेको प्रतियोगितामा बांके र बागमती र टिम मोरङ गरी तीन टोलीको सहभागिता रहेको थियो । तीनै टोलीलाइ नेत्रहिन क्रिकेट संघले प्रोत्साहन स्वरुप नगद दश दश हजार पुरस्कार प्रद्यान गरेको छ ।

यस्तै संघले गत जनवरीमा भारतमा भएको दोस्रो ट्वान्टी ट्वान्टी नेत्रहिन विश्वकप क्रिकेटमा सहभागी जनाएका नेपाली टोलीलाइ नगद सहित सम्मान गरेको छ । संघले विश्वकपमा सहभागीता जनाएका १४ खेलाडीलाइ जनही पाच हजार रुपैया सहित सम्मान गरेको हो ।

Most Popular

To Top