३१ पेज लामो क्यानको विधानमा दुइ बुधामा सहमती नहुदा निलम्बन फुकुवा हुने अवस्था न्युन

नेपाल क्रिकेट संघको नया विधानको स्विकृतीलागि सल्लाहकार समितीले आइसीसीलाई पठाएको छ । तर सो विधानका बारेमा भने निर्वाचित कमिटीले केहि असन्तुष्टीहरुलाई पनि संगै पठाएको छ । लामो समयको छलफल पछि विधानका दुई बुधामा सहमती हुन नसक्दा निलम्बनमा रहेको क्यानलाई आइसीसीले तत्कालका लागि फुकुवा गर्ने सम्भावना भने निकै न्युन भएको छ ।

करीव एक बर्ष भन्दा बढी समय देखि निलम्बनमा रहेको नेपाल क्रिकेट भित्रको विवाद समाधान गरेर नया कार्यसमिती तयार गर्न आइसीसीले नै करीव नौ महिना अगाडी सल्लाहकार समिती तयार गरेको थियो । जसको मुख्य काम क्यानको नया विधान तयार पारेर चुनावको बाताबरण तयार पार्ने थियो । आइसीसीको निर्देशन अनुसार सल्लाहकार समितीले सबै पक्ष्यलाई राखेर निकै लामो समयको छलफल पछि विधान तयार पारेर आइसीसीलाई ड्राप्mट त गरयो । तर सो विधानमा निर्वाचित भनिएको कमिटीले असन्तुष्टी जनाएको छ ।

३१ पेज लामो विधानमा सल्लाहकार समितीसंग नमिलेको कुरा निर्वाचित पदाधिकारीले अन्तिममा आफनो रिर्जवनेसन राखेर पठाएको छ । जसमा मुख्य दुई बुधा रहेका छन । सल्लाहकार समितीले दुुई जिल्लाबाट एक पदाधिकारीले केन्द्रमा भोट गर्न पाउने भनाई राख्दा निर्वाचित पदाधिकारीले असहमती जनाएको थिए जुन समाधान हुन सकेन । यस्तै निर्वाचित दावी गर्ने पदाधिकारीले चुनावमा भाग लिन नपाउने विषयमा पनि सो कमिटी भित्र ठुलो विवाद भएको थियो । यसका साथै निर्वाचित कमिटीले नै सबै कुरा निर्णय गर्न पाउनुपर्छ भन्ने विषयले पनि निचोड लिन सकेन । जसका कारण विवादको गाठो अझै नखुल्दै आइसीसीलाई नया विधान पठाएको छ ।

यदि पदाधिकारी भित्र नै सबै विषयमा सहमती भएको खण्डमा नेपालको निलम्बन फुकुवा हुनुका साथै रोकिएको अनुदान रकम पनि आइसीसीले पठाउने सम्भावना रहेको थियो । तर विधानमा आफनो असहमती रहकै कारण आइसीसीलाई पठाएपछि अर्को छ महिना यो निलम्बन लम्बिने सम्भावना उतिकै छ । आइसीसीको कार्यसमितीको बैठक यहि जुन १७ तारिख देखि लण्डनमा बस्दैछ ।

क्रिकेट विकाशका लागि आउनु भन्दापनि आफनो ठाउ के हुने भने भन्ने सोचाई भएकाले विवाद नमिलेको दुई पक्षको एक अर्का प्रति आरोप छ । जसका कारण अझै पनि नेपाली क्रिकेटको भविष्य अन्योलमा नै रहेको छ । त्यसमा पनि आइसीसीले विधान पारित गरेर मात्र हुने अवस्था छैन, नेपालमा राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालयले सो विधानलाई मान्य हो की होइन त्यो अर्को विषय छ ।

Comments:

comments

Latest News