ICC Champions Trophy 2017

च्याम्पियन्स ट्रफी, पाकिस्तान र भारत आमने सामने हुदै, श्रीलङका ९६ रनले पराजित

च्याम्पियन्स ट्रफी अन्र्तगत आज परम्परागत प्रतिद्धन्दी पाकिस्तान र भारत आमने सामने हुदैछन । यी दुइ बीचको खेललाइ विश्व क्रिकेटमा सर्वाधिक चासोका साथ हेरिन्छ । पछिल्लो दश एकदिवशीयमा ६ मा भारत विजयी हुदा चार खेल पाकिस्तानले जितेको थियो । खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजे सुरु हुनेछ । गएराती भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलङकालाइ ९६ रनले पराजित गरेको छ ।

लन्डन स्थित ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै दुइ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाको पारीमा हासिम अमलाले शतकिय पारी खेले । उनले एक सय १५ बलमा दुइ छक्का र पांच चौकाको मदतमा एक सय तीन रनको योगदान दिएपछि दक्षिण अफ्रिकाले सम्मानजक योगफल बनाएको थियो । फाप डु प्लेसिसले ७५ रन बनाउदा जेपी डुमीनी ३८ रनमा अविजीत रहे । बलिङ तर्फ नुवान प्रदिपले दुइ विकेट लिए ।

जवाफमा तीन सय रनको लक्ष्य पछ्याएको श्रीलङका ४१ ओभर तीन बलमा अल आउट हुदै दुइ सय तीन रनमा समेटियो । पहिलो विकेटका लागि निरोशन डिकवेला र उपुल थरंगाले ६९ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए । तर टिमको स्कोर ६९ रन हुदा डिकवेला आउट भएसंगै श्रीलङकाको विकेट पतन सुरु भयो । डिकवेला ४१ र थरंगा ५७ रनमा पवेलियन फर्किए । कुशल परेरा ४४ रनमा अविजीत रहेपनि टिमको हार टार्न सकेनन् । दक्षिण अफ्रिकालाइ जीत दिलाउन इमरान ताहिरले महत्पुर्ण भुमिका निवार्ह गरे । उनले चार विकेट लिएपछि श्रीलङकाको पारी धरासायी बनेको थियो । क्रिस मोरिसको नाममा दुइ विकेट लियो । समुह बी रहेको दक्षिण अफ्रिकाले दुइ अंक जोडेको छ ।

Most Popular

To Top