ICC Champions Trophy 2017

च्याम्पियन्स ट्रफि फाइनल, महाभिडन्त आज

एकदिवशीय क्रिकेटको मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीको उपाधीका लागि चीर प्रतिद्धन्दी भारत र पाकिस्तान बीच आज प्रतिस्पर्धा हुदैछ ।

इङल्यान्डमा जारी प्रतियोगितामा पाकिस्तान र भारत दोस्रो पटक आमने सामने हुन लागेका हुन । लिग चरणको खेलमा यी दुइ टाली एउटदै समुहमा रहेका थिए । जसमा भारतले पास्कितानलाइ डक वर्थ लुइस नियम अनुसार एक सय २४ रनले पराजित गरेको थियो । पाकिस्तान इङल्यान्डलाइ आठ विकेटले पराजित गर्दै फाइनल पुग्दा भारतले सेमीफाइनलमा बंगलादेशलाइ नौ विकेटले हराएको थियो । भारत प्रतियोगिताको साविक विजेता हो । तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधी जित्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको भारत र पहिलो पटक फाइनल पुगेको पाकिस्तान बीचको फाइनललाइ लिएर विश्वभरका समर्थक बीच रोमाञ्चित बनेका छन ।

अनुमान गर्न नसकिने टिमको उपनाम पाएको पाकिस्तानले जुनसुकै समयमा पनि नतिजा उल्छ्याउन सक्ने क्षमता राख्छद । पाकिस्तानी टिमको जीतमा जुनेद खान हसन अली एक्स फ्याक्टरका रुपमा रहेका छन भने भारतका विराट कोहली, शिखर धवन उच्च फर्ममा छन । च्यामिपयन्स ट्रफीमा अहिले सम्म यी दुइ बीच चार पटक प्रतिस्पर्धा हुदा दुवैले दुइ दुइ पटक जितेका छन । समग्रमा भने पाकिस्तान र भारत एक सय २८ पटक आमने सामने भएका छन । जसमा पाकिस्तानले ७२ र भारतले ५२ पटक जितेको छ । चार खेल नतिजा विहिन बनेको थियो ।

Most Popular

To Top