ICC Champions Trophy 2017

पाकिस्तान विरुद्ध भारतको हारको सम्भावना बढयो ।

च्याम्पियन्स ट्रफिको फाइनलमा पाकिस्तानले भारतलाई तीन सय ३९ रनको लक्ष्य दिएको छ ।

लण्डन स्थित केनिङटोन ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो विकेटका लागि एक सय २८ रनको साझेदारी गरेको थियो । जारी प्रतियोगितामा अहिलेसम्म कै उत्कृष्ट सुरुवात गर्न सफल भएको पाकिस्तानका लागि अजर अलीले ५९ रन बनाए । यस्तै अर्का ओपनर फकर जमानले पनि सतकीए पारी खेले । यहि प्रतियोगितामा दक्षिण अफ्रिका विरुद्धको खेलबाट डेब्यु गरेका फकर जमानले भारत विरुद्धको फाइनल खेलमा करियरको पहिलो सतक प्रहार गरे । प्रतियोगितामा लगातार तेस्रो अर्धसतक प्रहार गरेका फकरले महत्वपुर्ण खेलमा सतक प्रहार गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए ।

दक्षिण अफ्रिका विरुद्ध ३१ रन बनाएका उनले श्रीलंका विरुद्ध ५० र इग्ल्याण्ड विरुद्ध ५७ रन बनाएका थिए । ९२ बलमा सतक बनाएका उनले ११ चौका र दुई छक्का प्रहार गरे । एक सय १४ रनमा फाकर पेभेलियन फर्किदा दुई सय रनमा दुई विकेट झरेको थियो । त्यसपछि थप ६७ रन जोडदा पाकिस्तानले अरु दुई विकेट गुमायो । सोयब मलिक १२ रनमा आउट भए भने बाबर आजम ४६ रनमा पेभेलियन फर्किए । त्यसपछि इमाद वासिमले २५ र मोहम्मद हफिजले ५७ रनको पारी खेल्दै पाकिस्तानलाई बलियो लक्ष्य दिलाए ।

जवाफमा भारत सुरुवातमा नै दबावमा आएको छ । रनको खाता खोल्न नपाउदै रोहित शर्मालाई गुमाएको भारतले ६ रन हुदा कप्तान विराट कोहलीलाई पेभेलियन फर्कायो । त्यसपछि पनि पाकिस्तानी बलर सामु निकै निरीह देखिएको भारतले ५४ रन हुदा पाच विकेट गुमायो । उसका मध्यक्रमका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किदा ७२ रनमा ६ विकेट खेर फाल्यो ।

Comments:

comments

About the author

News Staff

Latest News