ICC Champions Trophy 2017

भारत र पाकिस्तानविचको खेल सुरु, भारतले टस जितेर फिल्डिङ रोज्यो

च्याम्पियन्स ट्रफिको उपाधिका लागि अहिले भारत र पाकिस्तान विच प्रतिस्पर्धा भइरहेको छ ।

लण्डन स्थित केनिङटोन ओभल मैदानमा भारतले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको छ । पाकिस्तानी टिमका मुख्य बलर मोहम्मद आमीर टिममा फर्किएका छन भने भारतले यसअघिको प्लेइङ सेटलाई नै मैदानमा उतारेको छ । लिग चरणको खेलमा यी दुइ टोली एउटदै समुहमा रहेका थिए । जसमा भारतले पास्कितानलाइ डक वर्थ लुइस नियम अनुसार एक सय २४ रनले पराजित गरेको थियो । पाकिस्तान इङल्यान्डलाइ आठ विकेटले पराजित गर्दै फाइनल पुग्दा भारतले सेमीफाइनलमा बंगलादेशलाइ नौ विकेटले हराएको थियो । भारत प्रतियोगिताको साविक विजेता हो ।

तेस्रो पटक च्यामिपयन्स ट्रफीको उपाधी जित्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको भारत र पहिलो पटक फाइनल पुगेको पाकिस्तान बीचको फाइनल विश्वभरका समर्थक बीच चासोको विषय बनेको छ । ३२ वर्षपछि भारत र पाकिस्तान एउटै प्रतियोगितामा दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि सन १९८५ को बेन्सन एन्ड हेजेज विश्व च्याम्पियनसिपमा दुइ पटक प्रतिस्पर्धा भएको थियो । यस्तै कुनैपनि प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान दश वर्षपछि मैदानमा उत्रदैछन । पछिल्लो पटक २००७ मा भएको ट्वान्टी ट्वान्टी विश्वकपको पहिलो संस्करणको च्याम्पियन भारत बन्दा पाकिस्तानलाइनै पराजित गरेको थियो ।

प्राय आइसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा भारत पाकिस्तान माथि हाबी हुदै आएको छ ।तर भारतलाइ पाकिस्तान माथि जीत हात पार्न सहज भने हुने छैन् । अनुमान गर्न नसकिने टिमको उपनाम पाएको पाकिस्तानले जुनसुकै समयमा पनि नतिजा उल्छ्याउन सक्ने क्षमता राख्छद । पाकिस्तानी टिमको जीतमा जुनेद खान हसन अली एक्स फ्याक्टरका रुपमा रहेका छन भने भारतका विराट कोहली, शिखर धवन उच्च फर्ममा छन । च्यामिपयन्स ट्रफीमा अहिले सम्म यी दुइ बीच चार पटक प्रतिस्पर्धा हुदा दुवैले दुइ दुइ पटक जितेका छन । समग्रमा भने पाकिस्तान र भारत एक सय २८ पटक आमने सामने भएका छन । जसमा पाकिस्तानले ७२ र भारतले ५२ पटक जितेको छ । चार खेल नतिजा विहिन बनेको थियो । ओभलमा हुने खेल नेपाली समय अनुसार दिउसो सवा तीन बजे सुरु हुनेछ ।

Most Popular

To Top