ICC Champions Trophy 2017

च्याम्पियन्स ट्रफी, अस्ट्रेलिया र बंगलादेश भिडदै

च्याम्पियन्स ट्रफी अन्तर्गत प्रतियोगितामा आज अस्ट्रेलिया र बंगलादेश बीच खेल हुनेछ । पहिलो बंगलादेश इग्ल्याण्डसंग पराजित भएको थियो भने अष्ट्रेलियाले बर्षाका कारण न्युजिल्याण्डसंग अंक बाढेको थियो । त्यसैले पनि आज दुबै टिमलाई जित आवश्यक छ ।

यसैविच भारतले पाकिस्तानलाइ डक वर्थ लुइस नियम अनुसार एक सय २४ रनले पराजित गरेको छ । इङल्यान्डमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको भारतले ४८ ओभरमा तीन विकेट गुमाउदै तीन सय १९ रन बनाएको थियो । वर्षाका कारण खेल ५० ओभर बाभ ४८ ओभरमा झारिएको थियो । भारतको पारीमा रोहित शर्माले ९१ र विराट कोहलीले अविजीत ८१ रनको योगदान दिए । यस्तै युवराज सिंहले ३२ बलमा ५३ रन बनाए । हार्दिक पान्डे ६ वलमा २० रनको विस्फोटक पारी खेल्दै अन्तिम समय सम्म क्रिजमा रहे । बलिङ तर्फ हसन अली र सादद खानले एक एक विकेट लिए ।

पुन पानी परेपछि पाकिस्तानले जीतका लागि डक वर्थ लुइस नियमका आधारमा ४१ ओभरमा दुइ सय ८९ रनको नया लक्ष्य पाएको थियो । तर पाकिस्तान ३३ ओभर चार बलमा एक सय ६१ रनमा अल आउट हुन पुग्यो । उसका लागि अजहर अलीले ५० र मोहम्मल हाफिजले ३३ रन बनँएपनि जीतका लागि पर्याप्त बनेनन् । पाकिस्तानको पारीलाइ ध्वस्त बनाउने क्रममा उमेश यादवले तीन वकेट लिएपनि हार्दिक पान्डे र रविन्द्र जडेजाले दुइ दुइ विकेट लिए । च्याम्पियन्स ट्रफीको १९ वर्षे इहिहासमा भारतले हात पारेको यो अहिले सम्मकै ठुलो अन्तरलको जीत हो । यसअघि भारतले सन २००४ मा केन्या विरुद्ध ९८ रनको जीत हात पारेको थियो । जीत संगै समुह बी मा रहेको भारतले दुइ अंक जोडेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top