इङल्याण्ड र पाकिस्तान भिडदै, रोयलाइ इग्ल्याण्डले ड्रप गर्ने

आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत पहिलो सेमिफाइनलमा आज घरेलु टिम इङल्याण्ड र पाकिस्तान विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको समुह ए को विजेताका रुपमा सेमिफाइनलमा पुगेको इग्ल्याण्ड एउटामात्र टिम हो जो अहिलेसम्म अपराजित रहेको छ । समुह चरणमा खेलेका तीन खेलमा इग्ल्याण्डले बंगलादेशलाई आठ विकेट तथा न्युजिल्याण्डलाई ८७ रन र अष्ट्रेलियालाई ४० रनले हराएको थियो । यस्तै समुह बी बाट उपविजेताका रुपमा अन्तिम चारमा पुगेको पाकिस्तान भारतसंग एक सय २४ रनले पराजित भएपनि दक्षिण अफ्रिकालाई १९ रन र श्रीलंकालाई तीन विकेटले हराएको थियो ।

जारी प्रतियोगितामा सबै भन्दा बलियो ब्याटिङ गरेको इग्ल्याण्डलाई घरेलु मैदानमा हराउनु पक्कै पनि पाकिस्तानका लागि चुनौतीको विषय हुनेछ । गत बर्षको उपविजेता इल्याण्ड र पाकिस्तान अहिलेसम्म ८१ पटक आमनेसामने हुदा ५२ खेल इग्ल्याण्डले जितेको छ भने ३० खेल पाकिस्तानले आफनो पक्षमा पारेको छ । च्याम्पियन्स ट्रफिमा पाकिस्तान सेमिफाइनल भन्दा माथि जान सकेको छैन । इग्ल्याण्ड दुई पटक फाइनलमा पुग्दा पनि उपाधी जित्न सकेको छैन ।

पछिल्ला पाच खेलमा दुबै टिमले एक एक खेलमात्र हारेका छन । इग्ल्याण्ड अनविटेन र पाकिस्तान आश्चार्यजनक टिमका रुपमा हेरीएको छ । यी दुई टिम ठुलो प्रतियोगिताको नकआउट चरणमा पहिलो पटक खेल्न लागेका हुन ।

Comments:

comments

Latest News