International News

मिनी विश्वकप आजदेखि सुरु हुदै, इङल्याण्डले ब‌‍गलादेशसँग खेल्ने

आइसीसी च्याम्पियन्स ट्रफिको उदघाटन खेलमा आज इग्ल्याण्ड र बगलादेश आमनेसामने हुदैछन ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्ष आठ स्थानमा रहेका टोलीहरुले सहभागी हुने अवसर पाएका हुन् ।
आज हुने उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डले द ओभल मैदानमा बंगलादेशको सामना गर्नेछ । ५० ओभरको ढाँचामा सञ्चालन हुने च्याम्पियन्स ट्रफीका सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । इग्ल्याण्ड टिमको ब्याटिङ लाइन अप निकै राम्रो भएका कारण बगलादेशलाइ दबाव भने हुनेछ ।

त्यसमा पनि अभ्यास खेलमा भारत विरुद्ध मात्र ८४ रनमा अलआउट भएपछि उसले टिममा केहि परिवर्तन गर्न सक्छ । यता इग्ल्याण्डका अलराउण्डर बेन स्टोक पुर्ण रुपमा फिट छैनन । जसका कारण उनि आज बलिङमा भन्दा ब्याटिङमा जोड दिनेछन ।

समुह ए मा इंग्लण्ड, बंगलादेश, अष्ट्रेलिया र न्यूजिल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा साविक विजेता भारत, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।
सन् २००४ को च्याम्पियन वेष्ट इन्डिज पहिलो पटक प्रतियोगिताबाट बाहिर भएको हो । वेष्ट इन्डिज बाहिरिँदा बंगलादेशले सन् २००६ पछि पाहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने मौका पाएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News