ICC Champions Trophy 2017

भारत र पाकिस्तानको खेलमा बर्षा बाधक

इग्ल्याण्डको ब्रमिङघममा जारी भारत र पाकिस्तान विचको खेल बर्षाका कारण रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३३ ओभर एक बलमा एक विकेट गुमाउदै एक सय ७३ रन बनाउदा भारी बर्षा भएपछि खेल रोकिएको हो । आक्रामक सुरुवात गरेको भारतका लागि शिखर धवनले ६५ बलमा ६८ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे ।

यस्तै रोहित शर्मा ७७ र कप्तान विराट कोहली २४ रनमा खेलिरहेका छन । यसअघि पनि यहि मैदानमा अष्ट्रेलिया र न्यृुजिल्याण्ड विचको खेल बर्षाका कारण रद्द भएको थियो । जसका कारण दुबै टिमले अंक बाढनु परेको थियो ।

Most Popular

To Top