ICC Champions Trophy 2017

पाकिस्तानले जित्यो पहिलो पटक च्याम्पियन्स ट्रफि

पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधी जितेको छ । पाकिस्तान, फाइनलमा चीर प्रतिद्धन्दी भारतलाइ एक सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै सन १९९२ पछि एकदिवशीय क्रिकेटको ग्लोवल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

लण्डन स्थित केनिङटोन ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले शानदार ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा चार विकेट गुमाउदै तीन सय ३८ रन बनाएको थियो । पाकिस्तानलाइ विशाल योगफल तर्फ डो¥याउने क्रममा अजहर अली र फखर जमानले पहिलो विकेटका लागि एक सय २८ रनको साझेदारी गरे । फखरले करियरको पहिलो शतक पुरा गर्दा अजहर ५९ रनमा आउट भए । यहि प्रतियोगितामा दक्षिण अफ्रिका विरुद्धको खेलबाट डेब्यु गरेका फखरले एक सय ६ बल खेल्दै एक सय १४ रनको योगदान दिए । उनको पारीमा १२ चौका र तीन छक्का सामेल थियो । फखर हार्दिक पान्डेको बलमा क्याच आउट भए ।

बबर आजमले ४६ रन बनाउदा मोहम्मह हाफिज ५७ रनमा अविजीत रहे । इमाद वासिम २५ रन बनाउदै अन्तिम समय सम्म क्रिजमा रहे । जवाफमा तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारत तीस ओभर तीन बलमा अल आउट हुदै एक सय ५८ रनमा समेटियो । पहिलो ओभरको तेस्रो वलमा रोहित शर्मालाइ पवेलियन फर्काउदै मोहम्मद आमिरले पाकिस्तानलाइ पहिलो सफलता दिलाएका थिए । आमिरलेनै विराट कोहली र शिखर भवनलाइ आउट गरेपछि भारत दवावमा आएको थियो । ७२ रन हुदा ६ विकेट गुमाइसेको भारतको पारीलाइ हार्दिक पान्डेले सम्हाल्ने प्रयास गरेका थिए । पान्डेले ४३ वलमा ७६ रन बनाएपछि भारत एक सय ५० रन कटाउन सफल भयो ।

तर पान्डे रन आउट भएपछि भारतको पारी लामो समय टिकेन् । युवराज सिंह २२ र रविन्द्र जडेजा १५ रनमा मैदान बाहिरिदा भारतका सात जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पाकिस्तानका लागि अमर र हसन अलीले तीन तीन तथा सदाद खानले दुइ विकेट लिए । जीतसंगै पाकिस्तानले भारत संग समुह चरणमा बेहोरेको हारको वदला पनि लियो । एकविदशीय क्रिकेटमा पाकिस्तानले भारत विरुद्ध हात पारेको यो सवैभन्दा फराकिलो जीत हो । यसअघि २००५ मा भारत एक सय ५९ रनले पराजित भएको थियो । प्रतियोगिताको प्लेयर अफ द सिरिज र उत्कृष्ट बलर पाकिस्तानका हसन अली घोषित भए । उत्कृष्ट ब्याट्सम्यन शिखर भवन चुनिए ।

Comments:

comments

About the author

News Staff

Latest News