ICC Champions Trophy 2017

च्याम्पियन्स ट्रफि फाइनल, पाकिस्तानद्धारा ३३९ रनको लक्ष्य

च्याम्पियन्स ट्रफिको फाइनलमा पाकिस्तानले भारतलाई तीन सय ३९ रनको लक्ष्य दिएको छ ।

लण्डन स्थित केनिङटोन ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो विकेटका लागि एक सय २८ रनको साझेदारी गरेको थियो । जारी प्रतियोगितामा अहिलेसम्म कै उत्कृष्ट सुरुवात गर्न सफल भएको पाकिस्तानका लागि अजर अलीले ५९ रन बनाए । यस्तै अर्का ओपनर फकर जमानले पनि सतकीए पारी खेले । यहि प्रतियोगितामा दक्षिण अफ्रिका विरुद्धको खेलबाट डेब्यु गरेका फकर जमानले भारत विरुद्धको फाइनल खेलमा करियरको पहिलो सतक प्रहार गरे ।

प्रतियोगितामा लगातार तेस्रो अर्धसतक प्रहार गरेका फकरले महत्वपुर्ण खेलमा सतक प्रहार गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए । दक्षिण अफ्रिका विरुद्ध ३१ रन बनाएका उनले श्रीलंका विरुद्ध ५० र इग्ल्याण्ड विरुद्ध ५७ रन बनाएका थिए । ९२ बलमा सतक बनाएका उनले ११ चौका र दुई छक्का प्रहार गरे । एक सय १४ रनमा फाकर पेभेलियन फर्किदा दुई सय रनमा दुई विकेट झरेको थियो । त्यसपछि थप ६७ रन जोडदा पाकिस्तानले अरु दुई विकेट गुमायो ।

सोयब मलिक १२ रनमा आउट भए भने बाबर आजम ४६ रनमा पेभेलियन फर्किए । त्यसपछि इमाद वासिमले २५ र मोहम्मद हफिजले ५७ रनको पारी खेल्दै पाकिस्तानलाई बलियो लक्ष्य दिलाए ।

Most Popular

To Top