ICC Champions Trophy 2017

पाकिस्तानलाइ समर्थन गरेका कारण जेल परेका नागरिकलाइ रिहा गर्न एम्नेस्टीको निर्देशन

पाकिस्तान क्रिकेट टिमको समर्थन गरेको आरोपमा पक्राउ परेका १५ जना भारतीय समर्थकलाइ तत्काल रिहा गर्न मानवअधिकार बादी संस्था एम्नेस्टी इन्टरनेश्नलले आग्रह गरेको छ ।

गत आइतबार लन्डनमा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाइ एक सय ८० रनले पराजित गर्दा पाकिस्तानको समर्थन गरेको भन्दै पक्राउ परेका पक्राउ परेका उनीहरु माथि देशदोह्रको मुद्धा लगाइएको थियो । १५ जना समर्थकलाइ मध्य प्रदेशका बिभिन्न शहर बाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु माथि खेल सकिएपछि पाकिस्तान समर्थित नारा लगाएको र पटका पट्काएको आरोप लगाइएको छ ।

भारतलाइ हराएको पाकिस्तानको समर्थनमा नारा लगाएको भन्दै प्रहरी देश दोह्रको मुद्धा लगाएकोमा एम्नेस्टी इन्टरनेशनलले आपत्ती जनाएको छ । दक्षिण एशीयाली क्षेत्रमा विपक्षी टिम र खेलाडीको समर्थन गरेको विषयमा पक्राउ परेको यो पहिलो घटना भने होइन् । गत वर्ष एकजना पाकिस्तानी समर्थकलाइ घरमा भारतीय झन्डा राखेको भन्दै पक्राउ गरिएको थियो । पाकिस्तानी प्रहरीले उनी माथि राज्य विरोधी गतिविधीको आरोप लगाएको थियो ।

तर पक्राउ परेका ब्यक्तिले भने भारतीय ब्याट्सम्यान विराट कोहलीको सम्मानका लागि झन्डा राखेको बताएका थिए । कुनैपनि टिमलाइ समर्थन गर्नु अपराध नभइ उसको ब्यक्तिगत स्वतन्त्रता भएको एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । विपक्षी टिमलाइ समर्थन गरेको भरमा कसैलाइ पनि पक्राउ गर्नु उसको अभिब्यक्ति स्वतन्त्रताको हनन भएको एम्नेस्टीको भनँइ छ ।

Latest News

To Top