Junior

यु-१६ इन्डो-नेपाल टी- २० क्रिकेट, ओसिस्ले विजयी

ओसिस्ले प्रथम सान यु-१६ इन्डो-नेपाल टी- २० क्रिकेट प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

ओसिस्ले आयोजक नेपाल खेलकुद विज्ञान प्रतिष्ठान -सानको नीलो टिमलाई ९ विकेटले पराजित गर्‍यो । पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा भएको अर्को खेलमा जीएचसीएले बालुवाटार क्रिकेट एकेडेमीलाई १९ रनले हरायो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा भारतको एक टिमसहित १२ टिम सहभागी छन् । फाइनल जेठ २८ गते हुनेछ ।

Most Popular

To Top