ICC Champions Trophy 2017

कहिले फिक्सिङ त कहिले राजनितीक चपेडा, तर खेलाडीको आत्मबलले दिलायो सफलता

म्याच फिक्सिङ, आतंककारी आक्रमण र अस्थिर राजनितीका कारण पछिल्लो समय पाकस्तिानको क्रिकेट ओरालो लाग्दो अवस्थामा छ । त्यसैले च्याम्पियन्स ट्रफी सुरु हुन पुर्व पाकिस्तानलाई उपाधीको दावेदार टिमको रुपमा हेरिएको थिएन् । च्याम्पियन्स ट्रफीमा सहभागी आठ टिम मध्ये पाकिस्तान, सवैभन्दा कम वरियता भएको टिम हो । पहिलो खेलमा भारत संग हारेको पाकिस्तान फाइनलमा भारतलाइ नै एक सय ८० रनले पराजित गर्दै च्याम्पियन बन्यो । यो जीतले पाकिस्तानी क्रिकेटलाइ नया उर्जा दिएको छ ।

इङल्यान्डमा भएको च्याम्पियन्स ट्रफीको पहिलो खेलमानै पाकिस्तानले चीर प्रतिद्धन्दी भारतको सामना गरेको थियो । तर पाकिस्तानले भारतको चुनौती पन्छाउन सकेन् र डक वर्थ लुइस नियम
अनुसार एक सय २४ रनको हार बेहोर्यो । यो नतिजाले क्रिकेट समर्थकलारुइ खासै आश्चर्य चकित पारेन् । तर समुहको दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङकालाइ पराजित गर्दै पाकिस्तानले सेमीफाइनल यात्रा तय गर्यो । यति बेला सम्म पाकिस्तानले आफ्नो खेलमा निकै सुधार लयाइसकेको थियो ।

सेमीफाइनलमा उसको प्रतिद्धन्दी थियो उपाधी दावेदार इङल्यान्ड । इङल्यान्ड विरुद्ध पाकिस्तानको प्रदर्शन उच्च रह्यो । ब्याटिङ, वलिङ र फिल्डिङ तीन क्षेत्रमा पाकिस्तानी खेलाडी मैदान अब्बल देखिए । जसका कारण इङल्यान्ड माथि आठ विकेटको जीतका साथ पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनायो । अर्को सेमीफाइनलमा भारतले बंगलादेशलाइ हराएपछि च्याम्पियन्स ट्रफीको फाइनलमा विश्व क्रिकेटका परम्परागत प्रतिद्धन्दी भारत र पाकिस्तान आमने सामने भए । यी दुइ बीचको क्रिकेट भारत र पाकिस्तानमा मात्र नभएर विश्वभरका समर्थक बीच पनि उत्तिकै चासोका साथ हेरिन्छ । तुलनात्मक रुपमा भारत पाकिस्तान भन्दा बलियो मानिएको थियो । बिश्व स्तरिय ब्याटिङ लाइनअप भएको भारत समुह चरणमा हात पारेको जीतले पनि आत्मबिश्वासी देखिएको थियो ।

ओभल मैदानमा भएको फाइनलमा टस जितेर फिल्डिङ रोज्नु रिावट कोहलीको टिम भारतका लागि घातक सावित भयो । उसले पाकिस्तानी ब्याट्सम्यानलाइ रोक्न सकेन् । फखर जमानले करियरको पहिलो शतक भारत विरुद्धनै पुरा गर्दा पाकिस्तानले चार विकेटको नोक्सानीमा तीन सय ३८ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । जवाफमा पाकिस्तानी वलर सामु भारतीय ब्याट्सम्यान कमजोर सावित भए । भारत तीन ओभर तीन बलमा अल आउट हुदै एक सय ५८ रनमा समेटिदा पाकिस्तान एक सय ८० रनले विजयी भयो । भारत विरुद्ध एकदिवशीय पाकिस्तानको यो अहिले सम्मकै ठुलो अन्तरको जीत हो ।

भारतको पारी ध्वस्त बनाउने क्रममा म्याच फिक्सिङका कारण लामो समयको प्रतिबन्ध पछि फर्किएका मोहम्मद आमिरले तीन तथा हसन अलीले तीन विकेट लिएका थिए । एकदिवशीय क्रिकेटमा २५ वर्षपछि पाकिस्तानले उपाधी हात पारेको हो । पछिल्लो पटक पाकिस्तानले १९९२ मा इङल्यान्डलाइ २२ रनले पराजित गर्दै एकदिवशीय उपाधी जितेको थियो । पाकिस्तानका लागि यो जीत त्यती सहज थिएन् । सन २००९ मा श्रीलङकन टिम माथि आक्रमण भएपछि पाकिस्तानमा कुनैपनि अनतराष्ट्रिय प्रतियोगिता हुन सकेको छैन् । त्यस यता पाकिस्तनले युएइलाइ घरेलु मैदान बनाउदै आएको छ । जीतपछि पाकिस्तानी कप्तान सरफराज अहमदले देशमा अन्तराष्ट्रिय क्रिकेट फर्कने विशवास ब्यक्त गरे ।

Comments:

comments

About the author

News Staff

Latest News