ICC Champions Trophy 2017

इतिहास रचेको टिम पाकिस्तानको घरमा भब्य स्वागत

च्याम्पियन्स ट्रफी सहित घर फर्किएको पाकिस्तानी क्रिकेट टिमलाइ भब्य स्वागत गरिएको छ । लन्डन बाट फर्किएको टोलीको स्वागत गर्न लाहोर र कंराची विमानस्थलमा सयौं समर्थकको भिड लागेको थियो ।

लाहोरमा च्याम्पियन टिमको स्वागतमा वालवालिका, युवा देखी बृद्ध बृद्ध समेत सडकमा ओर्लिएका थिए । बबर अजाम सहित फहिम असरफ र प्लेयर अफ द टुर्नामेन्ट हसन अली लाहोर र कप्तान सरफराज अहमद कंराची आउदा समर्थकको भिडले घेरिएका थिए । सरफराज बलर रमान रइस संगै आज विहान स्थानिय समय अनुसार चार पौने बजे घर पुग्दा पुरै सडक सिंगारिएको थियो भने समर्थकको भिड लागेको थियो ।

सरफराजलाइ क्षेत्रीय सरकारले विषेश सुरक्षा प्रदान गरेको थियो । ७० फुट लामो राष्ट्रिय झन्डा बोकेर सरफराजको स्वागतमा समर्थक उपस्थित भएका थिए । सरफराजले आफ्नो घरको बाल्कोनी बाट ट्रफी सार्वजनिक गरेका थिए । गत आइतबार ओभल मैदानमा भएको फाइनलमा चीर प्रतिद्धन्दी भारतलाइ एक सय ८० रनले पराजित गर्दै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधी जितेको हो । एकदिवशीय क्रिकेटमा पाकिस्तानको यो २५ वर्ष पछिको सफलता हो ।

यसअघि पाकिस्तानले १९९२ मा इङल्यान्डलाइ हराउदै एकदिवशीय विश्वकपको उपाधी जितेको थियो । यो संगै पाकिस्तानले ट्वान्टी , एकदिवशीय र च्यामिपयन्स ट्रफी गरी तीनै प्रतियोगिताको उपाधी जितेको छ । पाकिस्तान २००९ मा ट्वान्टी ट्वान्टी बिश्वकप च्याम्पियन बनेको थियो ।

Most Popular

To Top