प्रधानमन्त्री कप क्रिकेटले देखाएको आशा र निराशा

झण्डै दुई बर्षपछि घरेलु मैदानमा आयोजना भएको एकदिवसय क्रिकेटले धरै क्रिकेट प्रेमीलाई आशा जगाएको थियो की अब नया खेलाडीका साथै घरेलु क्रिकेटको संरचना परिवर्तनमा केहि हदसम्म परिवर्तन होला भनेर । पुरस्कार राशिका हिसावले अहिलेसम्मकै ठुलो प्रतियोगिता भनेर चर्चा पाएको यो खेल सकिदा सकिदै सोचेको जस्तो प्रभाव भने छोडन सकेन ।

कुनै पनि प्रतियोगिता आयोजना हुदा धरै क्रिकेट प्रेमीलाई निकै चासो हुन्छ यो प्रतियोगिताले नया कुरा ल्याउछ भने । तर त्यसमा भने खरो रुपमा उत्रन नसकेको क्रिकेट विश्लेषको बुझाई छ । जव सरकारको अगुवाईमा प्रतियोगिता सुरु भयो बर्षाले बारम्बार खेललाई विथोल्ने क्रम फाइनलसम्म रोकिएन । प्रतियोगिताका धेरै खेलमा बर्षा बाधक बन्दा सहभागी आठ टिममा छ टिमले पुरै ५० ओभर खेल्न सकेनन ।

प्रतियोगितामा केहि यस्ता खेलाडीले आफनो क्षमता देखाएकी जो भविष्यमा राष्ट्रिय टिममा राम्रो स्थान बनाउन सक्छन । जसमा सौरभ खनाल, सुसिल कडेल, कृष्ण कार्की, सन्दिप सुनुवार, सुनिल धमला र यहि प्रतियोगिताबाट राष्ट्रिय टिममा कमब्याक गर्न खोजेका जितेन्द्र मुखिया । यी सबै खेलाडीले आफनो क्षमतालाई यो प्रतियोगिताबाट सबै माझ देखाउन पाए ।

<a href=Gyanendra Malla" width="960" height="600" class="alignnone size-full wp-image-18564" />

आर्मीले संयुक्त रुपमा उपाधी जितेपनि कप्तान विनोद भण्डारीले प्रतियोतिगामा राम्रो ब्याटिङ गर्न सकेनन । राष्ट्रिय खेलाडीमा सागर पुनले भने आफनो कलालाई पुर्ण रुपमा प्रमाणित गरे । पछिल्लो पटक अन्तराष्ट्रिय प्रतियोगितामा खराव फर्मबाट गुर्जिएका कारण आलोचित बनेका सागरले ब्याटिङ र बलिङ दुबै विधामा अब्बल साविक गरे । यस्तै राष्ट्रिय टिमबाट फालिएका सुवास खकुरेलले पनि अझै आफनो स्थान राष्ट्रिय टिममा कायमै रहेको संज्ञा ब्याटबाट दिए ।

चोटका कारण अन्डर नाइन्टिन विश्वकप खेल्न गुमाएका सौरभ खनालले यो प्रतियोगितामा ठुलो आशाको किरण देखाएका छन । पश्चिमाञ्चलबाट खेलेका सौरभले यो प्रतियोगितामा तीन वटा अर्धसतक हिर्काउदै आफु राष्ट्रिय टिमबाट खेल्न तयार रहेको संज्ञा छनोटकर्तालाई पनि दिए ।


सशस्त्र प्रहरी बलको अन्योलता क्रिकेट टिममा

प्रतियोगिता सुरु भइसक्दा पनि सशस्त्र प्रहरी टिमले खेल्छ की खेल्दैछ भनेर ठुलो अन्योलता थियो । तर अन्तिम समयमा जसोतसो सशस्त्रले प्रतियोगिता त खेल्यो तर नजिता भने शुन्य भयो । समुह चरणबाट नै बाहिरीदा सशस्त्रले हात पारेको नतिजामा उसको अन्योलता प्रष्ट देखिन्थ्यो । खेलाडी सम्झौता नगरेको भन्दै सशस्त्रबाट अनुभवी खेलाडीले प्रतियोगिता नै त्यागे । जसमा कप्तान पारस खड्का विषेश कामले अमेरीका लागे भने बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप लामीछानेले प्रष्ट रुपमा प्रतियोगिता नखेल्ने बताए ।

लामो समयपछि एकदिवसिय क्रिकेट प्रतियोगिता हुदा सोचेको जस्तो प्रतिफल नआउदा धरैलाई लाग्यो की आगामी दिनमा के यसले निरन्तरता पाउन सक्छ । किनकी राष्ट्रिय खेलकुद परिषदले अहिलेसम्म आफनो अगुवाई भएका कुनैपनि प्रतियोगिता समयमा गर्ने र निरन्तरता पाउने निकै कम भएको छ ।

Comments:

comments

About the author

News Staff

Latest News