National News

पुलिस र सशस्त्र विचको खेल पानी परेपछि रोकियो

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगताको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लवले अर्को विभागिए टिम सशस्त्र प्रहरी बलले लाई दुई सय ५३ रनको लक्ष्य दिएको छ । तर बर्षाका कारण खेल रोकिएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा नौ किवेट गुमाउदै दुई सय ५२ रन बनायो । उसका पहिलो विकेटका लागि सुनिल धमला र अमित श्रेष्ठले ६७ रनको साझेदारी गर्दै दरिलो सुरुवात दिएका थिए । तर ९७ रन बनाउदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रनको योगदान गरे । यस्तै सुनिल र अमितले समान २६–२६ रन बनाए ।

यस्तै दिपेन्द्रसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । यस्तै पुलिसले २२ अतिरीक्त रन पाएको थियो । बलिङ तर्फ अनील शा ले तीन तथा कप्तान ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले समान दुई दुई विकेट लिए । आजको जित्ने टिमले उपाधिका लागि त्रिभुवन आर्मी र पश्चिमाञ्चलको विजेतसंग खेल्नेछ ।

जवाफमा सशस्त्रको स्कोर २८ ओभर तीन बलमा ६ विकेट झर्दा पानी परेपछि खेल राकिएको छ । ३४ रन हुदा पहिलो विकेट गुमाएको सशस्त्रले ६४ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि थप १२ रन हुदा सशस्त्रले अर्को विकेट गुमायो । एक सय ३८ रनमा महत्वपुर्ण ६ विकेट गुमाएको सशस्त्रका लागि सन्दिप सुनारले ३६ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । यस्तै पृथु बास्कोटाले १९ र सुवास खकुरेलले १७ रन जोडे ।

Most Popular

To Top