Junior

एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिप, न्यू होराइजन उच्च माबि बिजयी

भैरहवामा जारी एक्सपर्ट क्रिकेट लिग च्याम्पियनसिप आज भएकोे पहिलो खेलमा रुपन्देहीको न्यू होराइजन उच्च माबि बिजयी भएको छ ।

होराइजनले सिद्धार्थ शिसु सदन कैलालीलाई ५८ रनले पराजित गरेको हो । टस जिटेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारीत २० ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय ६३ रनको योगफल तयार पार्यो । न्यू होराइजनका लागि बिषाल खत्रीले अविजीत ७१ रन बनाए । यस्तै प्रशान्त शर्मा २६, मौसम खाम्चा ३२ र विशाल बन्जाडेले १७ रन बनाउन सफल भए । बलिङमा सिद्धार्थका सौरभ हमालले दुई र अमित अधिकारीले एक विकेट लिए ।

एक सय ६४ को लक्ष्य पछ्याउने क्रममा शिसु सदन १६ ओभर दुई बलमा एक सय पाच रनमा अलआउट भयो । उसका लागि आयुष ढकाल र सुदिप कार्कीको समान २०–२० रन बाहेक अन्य खेलाडी राम्रो खेल्न सकेनन । सिद्धार्थ शिसु सदनलाई सस्तैमा समेट्न न्यू होराइजनका सुरज श्रेष्ठले पाच विकेट लिए । यस्तै सन्दिप पाण्डे र प्रकाश गिरिले समान दुई दुई विकेट हात पारे ।

Most Popular

To Top