National News

शरद र निशा नया इनिङको सुरुवात गर्दै

मिस्टर फिनिसरको उपनामले चर्चित खेलाडी शरद भेषवाकर र सिने जगतकी चर्चित नायीका निशा अधिकारी बैबाहिक बन्धनमा बाधिने भएका छन । पछिल्लो पाच बर्षदेखि मायाको जोडीका रुपमा रहेका निशा र शरद विच यहि असार १८ गते आइतबारका दिन विबाह हुने भएको छ ।

दुई धारका स्टारबीचको प्रेम सम्बन्ध चर्चा पाउनुको मुख्य कारण पनि दुई उदाउँदा स्टार भएकैले हुन सक्ने अनुमान गर्दा गलत नहोला ।

शरद शान्त थिए र छन् । निशाको उनी प्रतिको सम्मानले शरद प्रेममा बोल्ड भए । फिल्म हलमा कमै देखिने शरद निशाद्वारा अभिनित चलचित्र हेर्न काठमाडौंका मल्टिप्लेक्समा जान थाले । दुई सेलिब्रेटीका कुरा मिडियामा नआउने कुरै भए । दुवै स्टारले राम्रो साथी र एक–अर्काका प्रसंशक भएको ओठे जवाफ बाहिर दिन थाले । भित्र–भित्रै प्रेम सम्बन्ध बलियो हुँदै गयो । अन्त्यमा, विवाह गर्ने निर्धो नै गरिछाडे ।

आजीवन क्रिकेटमै लागिरहने बताइरहन्छन्, शरद । त्यसैले होला, शरदले आफ्नो विवाहको कार्ड पनि क्रिकेटको ब्याट, बेल र स्टम्प । र साथमा बलको डिजाइन गराएका छन् । विवाहलाई लिएर दुवै उत्साहित छन् । खेलाडी र नायिकाको जोडीको प्रेम सम्बन्धबारे पढ्दै आएका पाठकहरूले विवाह गरेका देख्ने भएका छन् ।

इकान्तिपुरमा अाधारीत

Most Popular

To Top