Nepal U16

अन्डर सिक्सटिन एकेडेमी कपमा मकवानपुरले उपाधि उचाल्यो

पोखरामा सम्पन्न अन्डर सिक्सटिन एकेडेमी कपको उपाधि मकवानपुरले जितेको छ । फाइनलमा एनसिएस एकेडेमीलाई ४१ रनले हराउदै मकवानपुरले उपाधि जितेको हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउदै एक सय आठ रन बनायो । उसका लागि सुवास कंशकारले ३१ तथा सुरज तिमिल्सिनाले २३ र शारांस गौतमले १४ रन बनाए । २१ अतिरीक्त रन पाएको मकवानपुरका बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन ।

जवाफमा एनसीएस युनाईटेड १५ ओभर पाच बलमा ६७ रनमा अलआउट भयो । उसका लागि विराट भण्डारी र प्रतिश जिसीले समान १७–१७ रन बनाउदा सचिन शर्माले १४ रन थपे । उसलाई कम स्कोरमा रोक्न अशिम श्रेष्ठ र शारांस गौतमले तीन तीन विकेट लिए ।

प्रतियोगिताको विजेताले पाएको पुरस्कार

विजेता ७५ हजार
उपविजेता ३५ हजार
प्लेयर अफ द टुर्नामेन्ट शंकर गजुरेल
बेष्ट बलर मेखबहादुर सेन
बेष्ट ब्याट्सम्यान रित गौतम
डयासिङ प्लेयर जनम गोडार

Latest News

To Top