एपिएलका कारण यू-१९ टिमको तयारीमा असर, भारत पठाउने भनाइ बोलिमा मात्र सिमित

एशियन प्रिमियर क्रिकेट लिगका कारण आईसीसी यू–१९ विश्वकप एसियाली छनोटको तयारीमा रहेको नेपाली टिमको तयारी पुर्ण रुपमा प्रभावित भएको छ ।

सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा एसियन प्रिमियर लिग क्रिकेट सुरु भएसँगै यू–१९ टोलीले मैदान अभावको समस्या भोग्नुपरेको हो । मैदान अभावमा यू–१९ टिमको प्रशिक्षण अन्यौल बनेपछि एपीएलको आयोजक अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टले भारतको दिल्लीमा ५ दिन अभ्यास गर्ने व्यवस्था मिलाइदिने र त्यसको खर्च उपलब्ध गराइदिने राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । तर सबै खर्च बेहोर्न एपीएल आयोजक नमाने पछि भारत जाने नेपालको योजना तुहिएको छ भने प्रशिक्षण पनि प्रभावित भएको छ ।

वर्षाको स्थिति हेरेर नेपाली टोलीले जुन २६ देखि भारतको दिल्लीमा तयारी तथा अभ्यास म्याच खेल्ने तालिका बनाइएको थियो । नेपाल क्रिकेट संघ निलम्बन रहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले प्रमुख प्रतियोगिताअगाडि नेपाललाई तयारी खर्च उपलब्ध गराउँदै आएको छ ।

एकाएक एपीएल काठमाडौंमा आएसँगै नेपाली यू–१९ टिमको अभ्यासमा समस्या आएको हो । त्यसपछि राखेपसँगको सहमतिमा एपीएल आयोजकले जुलाई २२ देखि २७ सम्म दिल्लीमा लाग्ने स्थानीय सवारी खर्च र होटल खर्च बेहोर्ने जनाएको छ । तर त्यसबाहेक होटलको खाना खर्च, म्याच खेल्ने खर्च लगायत अरु नबेहोर्ने बताएपछि नेपाली यू–१९ टिम एपीएलको सत्कार नलिने स्थितिमा पुगेको छ । नेपाली यू–१९ टोलीले अहिले सम्पूर्ण खर्च बेहोर्ने गरी जून २३ बाटै भारत भ्रमणको व्यवस्था गरिदिन आईसीसीलाई भनेको छ । नेपाली यू–१९ का प्रशिक्षक विनोद दासले बुधबारसम्म आईसीसीबाट त्यसबारे खबर आउने जनाए ।

राखेप सदस्य–सचिव केशवकुमार विष्टले एपीएल आयोजकबाट जून २२ देखि २७ सम्म होटल बुकिङ भइसकेको जनाए । उनले यू–१९ टिमको तयारीबारे शंका गर्ने ठाउँ नै नरहेको बताए । टिमलाइ सुरुमा पुल्चोक मैदानमा अभ्यास गर्न भनिएपनि त्यहा पनि मैदानको अवस्था राम्रो नभएकाले भेलोसिटी एरिनामा इन्डोर प्रशिक्षण गरिरहेको छ ।
सिंगापुरमा जुलाई १५ देखि २६ सम्म हुने आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया छन् । यसको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

कान्तिपुर पत्रिकामा आधारीत भएर

Comments:

comments

About the author

News Staff

Latest News