National News

यू-१९ विश्वकप छनोट, दोस्रो चरणमा १८ खेलाडी छानिए, को को परे हरौ सुची सहित

आइसीसी यू-१९ विश्व कप अन्तर्गत एशिया क्षेत्रको छनोटका लागि दोस्रो चरणमा १८ सदस्यीय नेपाली युवा टोलीको छानिएको छ । गत सोमबार देखि शनिबारसम्म कीर्तिपुर मैदानमा भएको सुपर लिगको आधारमा खेलाडी छनोट गरिएको हो । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, मोहम्मद आसिफ शेख लगायत खेलाडी खेलाडीहरु छनोटमा परेका छन्।

यसअघि ४० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसैबाट आइसीसीका एसियन चिफ डेपलपमेन्ट अफिसर भेनकटापती राजु, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र र यू-१९ टिमका मुख्य प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले १८ खेलाडी छानेका हुन्।

अब केही दिनको क्याम्पपछि १४ सदस्यीय अन्तिम टोली र ४ वैकल्पिक खेलाडीको टुङ्गो लगाइने विज्ञप्तीमा भनिएको छ।

छनोट भएका १८ खेलाडी

सन्दीप लामिछाने

अनिल कुमार शाह

किशोर महतो

सुशान्त सिंह थापा

विक्रम कुमार भुसाल

प्रकाश केसी

पवन सराफ

सन्दीप जोरा

रिजन ढकाल

प्रनित थापा मगर

शहाब आलम

रसिद खान

मोहम्मद आसिफ शेख

सन्दीप सुनार

ललित नारायण राजवंशी

रोहित कुमार पौडेल

आदिल खान

दीपेन्द्र सिंह ऐरी

Most Popular

To Top