International News

दोस्रो एकदिवसिय खेलमा वेष्ट इन्डिज विजयी, श्रृखलामा एक एकको बराबरी

अफगानिस्तान विरुद्धको दोस्रो एकदिवसिय खेलमा वेष्ट इन्डिज चार विकेटले विजयी भएको छ । जितसंगै तीन खेलको श्रृखलामा वेष्ट इन्डिजले एक एकको बराबरी गरेको छ ।

सेन्ट लुसीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभर तीन बलमा एक सय ३५ रनमा अलआउट भयो । खराव सुरुवात गरेको अफगानिस्तानले ३४ रन हुदा चार विकेट गुमाएको थियो । तर पनि मध्यक्रमका खेलाडी विच राम्रो साझेदारी नहुदा उसले ८१ रनमा सात विकेट खेर फालेको थियो । अन्तत मात्र एक सय ३५ रनमा अलआउट हुन पुग्यो । उसका लागि गुलाबदीन नेइबले ५१ रन बनाए । बलिङ तर्फ वेष्ट इन्डिजका लागि सानोन गाब्रियल, जेसोन होल्डर, अल्जारी जोसेफ र एस्ले नुर्सले दुई दुई विकेट लिए ।

जवाफमा वेष्ट इन्डिजले ३९ ओभर दुई बलमा ६ विकेट गुमाउदै पुरा गरयो । ४० रनमा पहिलो विकेट गुमाएको वेष्ट इन्डिजले ७२ रनमा चार किवेट गुमाएको थियो । तर सामान्य लक्ष्य हुदा उसले सहजै जित निकाल्न सफल भयो । वेष्ट इन्डिजका लागि सेइ होपले ४८ तथा इभिन लुइसले ३३ रन बनाए । पहिलो खेलमा सात विकेट लिएर वेष्ट इन्डिजको पारीलाई धोस्त पारेका रसिद खानले दोस्रो खेलमा पनि तीन किवेट लिए । यस्तै गुलाबदीन नेइबले दुई विकेट लिए ।

Most Popular

To Top