International News

लर्डसमा खेल्ने अफगानी खेलाडीको सपना पुरा, तर नेपाली खेलाडी जस्तो खुसी मनाउन पाएनन किन

एक बर्ष अगाडी जुन मैदानमा नेपाली क्रिकेट खेलाडीले ऐतिहासिक खेल खेलका थिए । त्यहि मैदानमा अफगानिस्तान खेलाडीले खेल्ने मौका पाए । तर फरक नेपाली टिम त्यो बेला नेपाली टिम ४० रनले विजयी हुदा अफगानिस्तान टिम भने नतिजा विहिन बस्नुपरयो ।

लर्डसमा क्रिकेट खेल्ने सपना हरेक खेलाडीको नहुने होइन । त्यसमा पनि केहि भाग्यमानि एसोसियन खेलाडीले सो मैदानमा खेल्ने मौका पाउने गर्छन । तीनै भाग्यमानी खेलाडीमा एक बर्ष अगाडी नेपाली खेलाडी परेका थिए । त्यसको एक बर्ष पछि अफगानि खेलाडीले पनि लर्डसमा क्रिकेट खेल्ने मौका पाए । टेष्ट मान्यता पाएको करीव दुई सातापछि अफगानि खेलाडीले होम अफ क्रिकेट भनेर चिनिने मर्लिबोन क्रिकेट टिमसंग क्रिकेट खेल्ने मौका पाएका हुन । तर नतिजा भने बर्षाका कारण आउन सकेन ।

पहिले ब्याटिङ गरेको एमसीसीले ४० ओभरमा ६ विकेट गुमाउदै दुई सय १७ रन बनाएको थियो । उसका लागि साम हेनले ७६ तथा समित पटेलले ५३ रन बनाए । जवाफमा अफगानिस्तान टिमको स्कोर ३१ रन हुदा भारी बर्षा भएपछि खेल रद्द हुन पुग्यो । खेल नतिजा विहिन भएपनि अफगानि खेलाडीले लर्डसमा खेल्नु नै ठुलो कुरा माने । जुन नेपाली खेलाडीले एक बर्ष अगाडी गर्व गरेका थिए ।

Comments:

comments

About the author

News Staff

Latest News