National News

सबैलाइ भ्रममा पारेर हिडे एसिपिएलका आयोजक, खेलाडी देखि सुरक्षाकर्मी मर्कामा

विवादै विवादका विच सम्पन्न भएको एशियन क्लव प्रिमियर लिगले नेपाली क्रिकेट जगतमा ठुलो हङगामा मच्चयो । चाहे त्यो खेलाडी खेलाउने हिसावले होस या ब्यवस्थापनका हिसावले ।
प्रतियोगिता सुरु हुनु अघिदेखि नै सुरु भएको विवाद समाप्त हुदासम्म झन चुलोमा पुग्यो । एकाएक नेपालमा आयोजना गर्ने भनेर आयोजकले घोषणा गर्दा नेपाली क्रिकेट खेलाडी देखि सबै अच्चममा परे र सोधीखोजी सुरु भयो । तर पनि आयोजकले प्रतियोगिता सुरु त गरे, विचैमा मैदानमा खटिएका निजी कम्पनीका सुरक्षाकर्मीले रकम नपाएको भन्दै असन्तुष्ट बने । पहिलो दुइ दिन सबै सुविधा दिएपनि त्यसपछि खाना, पानी लगायत सबै सुविधा आयोजकले कटौती गरे । सम्झौतामा सुरक्षाकर्मीलाइ सबै सुविधा दिने बताएपनि हुन सकेन । प्रतियोगिताका लागि रिपोर्टिङ गर्न जनता टेलिभिजनका पत्रकार जादा दुर्ब्यहार गरियो । जसका कारण जनता टिभीले फिक्सीङ लिग भनेर अनुसन्धानात्मक रिपोर्ट बनायो ।

राजधानीको एक पत्रिकाले यसका विषयमा तयार पारेको समाचारमा आधारीत हुने हो भने प्रतियोगिता सकिनै लाग्दा बगलादेशी एक खेलाडीले एसियन क्लब प्रिमियर लिग (एसिपिएल)का अध्यक्ष आरस डन्डिवालविरुद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दिए । एसिपिएलका अध्यक्ष डन्डिवालले सम्झौता रकमअनुरूप नदिएको जनाउँदै ती बंगलादेशी नागरिकले उजुरी दिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी कृष्णपल्ली मगरले जानकारी दिए । ती बंगलादेशी खेलाडीलाई सुरुमा ४५ सय डलर दिने भनिएको थियो । तर, प्रतियोगितापछि उनले २५ हजार रुपैयाँ मात्र पाए । प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फाइनलमा नेपाल स्टोर्मले श्रीलंकन लायन्सलाई सात विकेटले हराउँदै उपाधि जितेको थियो ।

बंगलादेशी खेलाडीको उजुरीपछि

महानगरीय प्रहरी वृत्त दरबारमार्गले बुधबार साँझ होटेल अन्नपूर्णमा एसिपिएलका अध्यक्ष डन्डिवाललाई पक्राउ गर्न निस्किएको थियो । प्रहरीको टोली अन्नपूर्ण होटलमा पुग्दा डन्डिवाल चेकआउट भई निस्किसकेका थिए । ‘हामी होटेलमा पक्रन जाँदा उनी होटेल चेक आउट गरी हिँडिसकेका थिए,’ डिएसपी मगरले भने ।


म्याच फिक्सिङको छानबिन हुने

एसिपिएल टी–२० लिग सुरु हुनुअघि नै विवादित बनेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता नभएको जनाउँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विरोध जनाएका थिए । प्रतियोगिताको पहिलो दिनदेखि फाइनलसम्म फिक्सिङको आशंका गरियो ।

सामाजिक सञ्जालमा नेपाली

क्रिकेटरले एसिपिएलमा लगातार फिक्सिङ भइरहेको प्रक्रिया पोस्ट गरेका थिए । महानगरीय प्रहरी कार्यालयले म्याच फिक्सिङ सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय प्रहरी आयुक्त बमबहादुर भण्डारीले फिक्सिङको हल्ला आएपछि नै आफूहरूले छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

Most Popular

To Top