National News

नया विधान पास गर्न भदौ पहिलो साता क्यानको साधारणसभा

Photo: Rohit Dahal/Facebook

निर्वाचित नेपाल क्रिकेट संघको विशेष साधारणसभा भदौको पहिलो साता हुने भएको छ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसक्दै आईसीसीले गत वर्ष वैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। त्यसपछि विनयराज पाण्डे, वसन्त चौधरी, चूडामणि पौडेल, चतुरबहादुर चन्द, अशोकनाथ प्याकुर्यावल, पवन अग्रवाल र रोहित दाहाललाई समेटदै क्यानको विधान बनाउन सल्लाहकार समिति बनाएको थियो। भदौको पहिलो साता दुई महिनाअघि सल्लाहकार समितिले प्रस्तावित विधान आईसीसीलाई बुझाएको थियो।

अघिल्लो साता आईसीसीका उपाध्यक्ष इमरान ख्वजा सम्मिलित सल्लाहकार समितिको बैठकले प्रस्तावित विधानलाई बोर्डबाट स्वीकृत गराउन निर्वाचित क्यानलाई एक महिनाको समयसीमा तोकेको थियो। त्यसैको निरन्तरतामा आइतबार राजधानीमा बसेको क्यानको बैठकले प्रस्तावित विधानलाई विशेष साधारणसभामा लैजाने निर्णय गरेको हो।

प्रस्तावित विधानबारे हामीले कार्यसमितिमा छलफल गर्नु थियो र त्यसबारे जानकारी पनि गरायौं, केही विषयमा बाहेक साथीहरू सबैमा सकारात्मक छन महासचिव प्याकुर्याालले भने, ‘क्यानको विद्यमान विधानमा के छ, नयाँ आउनेमा के–के छ भनेर जानकारी गरायौं। यसलाई भदौको पहिलो साता विशेष साधारणसभामा लाने निर्णय भएको छ। साधारणसभा सम्भवत: भदौ ६ गते हुन सक्छ।

वर्तमान कार्यसमितिले निर्वाचनमा भाग लिने गरी सहभागी हुन पाउनुपर्छ भन्ने आफूहरूको माग यथावत् नै रहेको उनले जनाए। गत साता वर्तमान क्यानको कार्यकारी समितिले एक कार्यकालका लागि चुनावमा भाग लिन पाउनुपर्ने मागलाई आईसीसीले अस्वीकार गरिदिएको थियो। साधारणसभाको १–२ दिन अगाडि संघको बोर्ड बैठकमा प्रस्तावित विधान राखी त्यसलाई साधारणसभामा लैजाने तयारी गरिएको उनले जनाए।

कान्तिपुर दैनिकबाट साभार गरिएको

Comments:

comments

About the author

News Staff

Latest News