National News

नेपालको अहिलेसम्मकै ठुलो पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने ।

नेपाली क्रिकेटको अहिले सम्मकै सर्वाधिक पुरस्कार राशी सहितको एभरेस्ट प्रिमियर लिगको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । उपाधी विजेता टिमले २१ लाख प्राप्त गर्नेछ ।

यसअघि प्रधानमन्त्री कपको विजेताका लागि २० लाख पुरस्कार रहेको थियो । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालीले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै एभरेस्ट प्रिमियर लिगको मिति र लोगो सार्वजनिक गरेको छ । यो संरकरणमा प्रतियोगिताको फरम्याटमा पनि परिवर्तन गरिएको छ । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहनेछ । जसमा काठमाडौं, विराटनगर, भैरहवा, बीरगंज, ललितपुर र पोखरा रहेका छन ।

प्रतियोगिताका लागि अक्सन बाट खेलाडी छनौट गरिनेछ भने विदेशी खेलाडी पनि राख्न पाउने प्रावधान राखिएको छ । एक टिममा १५ खेलाडी रहनेछन । १० खेलाडी अक्सन बाट , तीन विदेशी र एक जना ट्यालेन्ट हन्ट बाट खेलाडी छनौट गरिनेछ । प्रत्येक टिममा तीन जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान छ । घरेलु प्रतियोगिता विदेशी खेलाडी राख्न लागिएको यो पहिलो पटक हो । जुन नेपालमा पहिलो हो । एक जना मार्की प्लेयर पनि राख्न पाउने ब्यबस्था गरिएको छ । प्रतियोगिताको एकिन मिती भने पछि सार्वजनिक गर्ने आयोजकले बताएको छ । किर्तीपुर क्रिकेट मैदानमा हुने प्रतियोगिताको फरम्याट भारतमा हुने इन्डियन प्रिमियर लिगको जस्तै रहेको छ । हरेक टिमले लिगमा एक अर्कासंग खेलेर प्लेअफ हुदै फाइनल पुग्नेछन ।

Latest News

To Top