International News

भारतीय क्रिकेट टिमको प्रशिक्षकको टुङगो लाग्न अझै समय लाग्ने, श्रीलका टुर विना प्रशिक्षक जादै

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक को हुने भन्ने अन्योल अझै समाप्त हुने सकेको छैन । जसका कारण भारतीय टिम श्रीलंका विरुद्ध हुन लागेको टुर विना प्रशिक्षक जाने भएको छ ।

च्याम्पियन्स ट्रफि लगत्तै अनिल कुम्बलेले पदबाट राजिनामा दिएपछि रिक्त भएको पदपुर्तिका लागि क्रिकेट सल्लाहकार समितीले अझै केहि समय लाग्ने बताएपछि भारतीय टिम विना प्रशिक्षक श्रीलंका जानुपर्ने भएको हो । कमिटीका अनुसार कप्तान विराट कोहलीसंग छलफल गर्न बाकि भएकाले केहि समय अझै लाग्ने बताएको छ । कमिटीका सदस्य सौरभ गांगुलीले मिडियामा जनाएअनुसार प्रशिक्षकका लागि अन्तवार्ता भएपनि अझै टुङगोमा लाग्न नसकेको बताए ।

भारतीय टिमको प्रशिक्षकका लागि लालचन्द राजपुत, रिचार्ड पेबुस, टोम मुडी, विरेन्द्र सहवाग र रवि शास्त्री प्रतिस्पर्धामा रहेका छन । फिल सिमोन्स यो जवका लागि उपलब्ध नभएको गांगुलीको भनँई छ । सो सल्लाहकार समितीमा गांगुली बाहेक भिभिएस लक्ष्मण र सचिन तेन्दुलकर रहेका छन । हाल अमेरीकामा रहेका विराट कोहली फर्किएपछि उनिसंग कुरा हुने र त्यसपछि मात्र निर्णय गरिने बताए । प्रशिक्षक नियुक्तिमा कुनै गल्ति विना नै निर्णय गर्नुपर्ने र यो सम्झौता २०१९ सम्मको हुने भएकाले कप्तानसंग सल्लाह गर्न आवश्यक रहेको गांगुलीको भनँई छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top