International News

महिला विश्वकप फाइनल, एकपछि अर्को विकेट गुमाउदा इङग्ल्याण्ड दबावमा

आइसीसी महिला विश्वकपको उपाधिका लागि अहिले भारत र इग्ल्याण्ड विच प्रतिस्पर्धा भइरहेको छ ।

लण्डनको लर्डस मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले ४७ रन हुदा पहिलो विकेट गुमायो । उसका लागि लउरेन विनफिल्डले २४ रनमा पेभेलियन फर्किइन । त्यसपछि ६० रन हुदा टामे वियोमाउन्ट पनि ब्यक्तिगत २३ रनमा आउट हुदा इग्ल्याण्डले दोस्रो विकेट गुमायो ।

लगत्तै कप्तान हिथर नाइटपनि पेभेलियन फर्किदा इग्ल्याण्डले ६३ रनमा तेस्रो विकेट खेर फाल्यो । तर चौथो विकेटका लागि सारा टेलर र नाटालिया विच ८३ रनको साझेदारी हुदा इग्ल्याण्डको पारी सम्हालिएको थियो । तर टेलर ४५ रनमा पेभेलियदा इग्ल्याण्डले एक सय ४६ रनमा चौथो विकेट गुमायो । थप एक रन पनि जोडन नपाउदै इग्ल्याण्डले पाचौ विकेट पनि खेर फाल्यो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top