International News

रवि शास्त्री भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन । शास्त्री टिमका कप्तान विराट कोहलीको पहिलो रोजाइ हुन् ।

भरतीय टिमका पुर्व अल राउन्डर शास्त्रीले अनिल कुम्बलेलाइ रिप्लेस गरेका हुन् । कुम्बेले कप्तान विराट कोहली संग असझदारी भएपछि च्यामिपयन्स लिग सकिएलगत्र्त पदबाट राजीनामा दिएका थिए । शास्त्री सन २०१९ को एकदिवशीय बिश्वकप सम्म भारतीय टिम संग रहनेछन । शास्त्री संगै जाहिर खानलाइ वलिङ प्रशिक्षक र राहुल दव्रिडलाइ बैदेशिक टुरमा टेस्ट क्रिकेटको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरिएको छ । सौरभ गांगुली, सचिन तेन्डुलकर र भिभिएस लक्ष्मणको रहेको सल्लाहाकार समितिल शास्त्रीलाइ भारतीय टिमको मुख्य प्रशिक्षण चुनेको हो । समितीले शास्त्री संगैे रिचर्ड पाइबस, टम मुडी, विरेन्द्र सहवाग र लालचन्द राजपुतको अन्तवार्ता लिएको थियो ।

अन्तिममा भने शास्त्री र सहभाव बीच प्रतिस्पर्धा भएको बताइएको छ । जसमा समितिले शास्त्रीलाइ चुनेको हो । अब शास्त्रीले प्रशिक्षकका रुपमा पहिलो टुर श्रीलङकाको गर्नेछन । पुर्व कप्तान शास्त्रीले भारतीय टिमको निर्देशकका रुपमा पनि काम गरिसकेका छन । शास्त्रीले एक सय ५० एकदिवशीय खेल खेल्दै चार शतक सहित तीन हजार एक सय आठ रन र एक सय २९ विकेट लिएका छन । यस्तै ८० टेस्ट खेल्दै तीन हजार आठ सय ३० रन बनाएका छन । जसमा एघार शतक सामेल छ । टेस्ट क्रिकेटमा उनले एक सय ५१ विकेट लिएका छन । शास्त्री सामु भारतलाइ २०१९ को विश्वकप जिताउनु प्रमुख चुनौती रहनेछ । शास्त्री क्रिकेट कमेन्टेटरको रुपमा पनि परिचित छन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top