Nepal U19 Cricket

सन्दिप बने म्यान अफ द सिरीज

आइसीसी यू१९ विश्वकपको छनोटमा नेपालका कप्तान सन्दिप लामिछाने म्यान अफ द सिरिज बनेका छन । उनले ६ खेलमा ३ पटक ५ विकेट लिएका सन्दिपले कुल २४ विकेट लिएका थिए।

प्रतियोगिताको पहिलो खेलमा सिंगापुर विरुद्ध २१ रन खर्चेर ५ विकेट लिएका सन्दिपले दोश्रो खेलमा १७ रन खर्चिदैं ५ विकेट लिएका थिए। तेश्रो खेलमा अफगानिस्तानविरुद्ध २ विकेट हात पारेका कप्तानले आयोजकविरुद्ध चौथो खेलमा भने ४ विकेट लिए। मलेसिया विरुद्धको पाँचौ खेलमा करियरकै उत्कृष्ट प्रदर्शन गर्दै उनले १३ रन खर्चेर ७ विकेट लिए। अन्तिम खेलमा भने उनले १ विकेटमात्र लिए। सन्दिप ५ विकेट लिएका ३ खेलमा म्यान अफ द म्याच भए।

प्रतियोगिता अवधिभरका ६ खेलमा ५३.४ ओभर बलिङ गरेका उनले २.४२को इकोनोमीमा १ सय ३० रन मात्र खर्चेका थिए। उनले ५.४१ को औसतमा विकेट लिएका थिए। उनले यसक्रममा ८ मेडन फ्याँकेका थिए भने उनको स्ट्राइक रेट १३.४ को रहेको थियो।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top