National News

चाडै बन्दैछ मुलपानीको माथिल्लो मैदान, काम गर्न खेलाडी नै तात्नुपर्ने बाध्यता

नेपालमा जतिपनि क्रिकेट खेल हुन्छन सबै खेल किर्तीपुर मैदानमा नै हुने गरेका छन । चाहे त्यो क्लव स्तर होस या राष्ट्रिय र अन्तराष्ट्रिय । त्यसको विकल्प नेपाली क्रिकेटमा छैन ।
यतिमात्र होइन सहभागि टिमले प्रशिक्षण गर्नुपर्यो भने पनि फरक फरक समयमा गर्नुपर्ने बाध्यता छ । किर्तिपुरको विकल्पका रुपमा क्यानले मुलपानीको माथिल्लो मैदान तयार पार्ने भनेको गफ नै भयो । तर पछिल्लो पटक भने यो मैदानलाइ कम्तिमा खेल्न योग्य बनाउने काम दुर्त गतिमा अगाडी बढेको छ ।

मुलपानीमा क्रिकेट मैदान निर्माण १२ वर्ष अघि नै सुरु भएको थियो । तर, यति जटिलता देखियो कि बिना डिभिजनमा रहेको नेपाली टोली डिभिजन वानमा पुगेर विश्वकप खेलिसक्दा पनि योजनाले पूर्णता पाएन । त्यहाँ केवल डाँडो सम्याइयो, एउटा पेविलियन भवन बन्यो । तर, मैदान ट्रेनिङ गर्न योग्य पनि बन्न सकेन ।

त्यसबेला मुलपानीमा क्रिकेट मैदान होइन, रंगशाला नै बनाउने योजना अघि सारिएको थियो । जहाँ पेभेलियन, मिडिया बक्स लगायतका सबै संरञ्चना बनेको होस् ।
सरकारले जग्गा उपलब्ध गराएपछि केही काम पनि भयो । तर, सुरुमा काम थालिएको ठाउँ केही सानो भयो । यो मैदान मात्र बन्ने भएपछि नजिकै रंगशाला बनाउन थालियो । तर, त्यही बेला नेपाल क्रिकेट संघमा अनेक विवाद देखियो, परीणाम १२ वर्ष वित्दा मुलपानीमा न क्रिकेट मैदान बन्यो न रंगशालाले नै मूत रुप पाउन सक्यो ।

मुलपानीमा क्रिकेट मैदान बनाउने भनेर हरेक वर्ष बजेट छुटि्टएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको थिएन । झन क्रिकेट संघ निलम्बनमा परेपछि सबै काम अलपत्र भयो ।
अन्ततः यसबारे दिक्कवाक्क भएका क्रिकेट खेलाडीहरु नै मैदान निर्माणमा अघि सरे । नेपाली टोलीका कप्तान पारस खड्का सहितको पहलमा मुलपानी क्रिकेट मैदानलाई खेल्नयोग्य बनाउनका लागि गर्नुपर्ने सुरु भयो । तर बजेट निकासमा भने निकै ढिलो भयो । आश्वासन दिने तर कार्यान्वयनमा लागु नहुदा केहि महिना ढिलो हुन गयो । मन्त्री र राष्ट्रिय खेलकुदलाइ ज्ञानपनपत्र बुझाएपछि
गत चैतमा राखेपले मुलपानीको धुलाम्य मैदानको स्तरोन्नतिका लागि १६ लाख ४० हजार बजेट विनियोजन गरी कामको जिम्मा ज्ञानेन्द्र मल्ल र छुम्बी लामाको टिमलाई दियो । उनीहरुले अहिले मुलपानी मैदानलाई मनमोहक बनाइसकेका छन् ।

मैदानको उत्तरपूर्वी छेउमा जमिन भासिएर मैदान बिग्रिएको थियो, पूर्वी क्षेत्रमा माटोको थुप्रो कायमै थियो । सबैभन्दा पहिले उनीहरुले त्यसलाई सम्याए र पर्खाल लगाए । मैदानको मूख्य क्षेत्र पीचको स्तरोन्नतिमै उनीहरुको धेरै समय गएको छ । ‘क्यानसँग आवद्ध सबैको सक्रियतामा हामीले मुलपानी मैदान खेल्नयोग्य बनाउँदैछौं’ छुम्बीले भने ।
अनलाइनखवरको केहि अङस साभार गरिएको

Most Popular

To Top