National News

सहमती अनुसार विधान पास गरेमा नेपाली क्रिकेटको नया युग सुरु हुने-आइसीसी

आन्तरीक विवादका कारण निलम्बनमा परेको नेपाल क्रिकेट संघको विवादले चाडै समाधानको बाटो समातेर नया मोड लिने अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले जनाएको छ । त्यसका लागि एक महिनामा विधान पारित गरेर निर्वाचनमा जाने बाटो बनाउनु पर्ने आइसीसीको ठहर छ ।

विवाद समाधानका लागि गठन गरिएको सल्लाहकार समितीसंग सनिबार भएको छलफल पछि आइसीसीले आधिकारीक रुपमा आफनो धारणा राख्दै नेपाली क्रिकेटको विवाद समाधान चाडै हुने र छलफल अनुसार सहमती अगाडी बढेमा नेपाली क्रिकेटको नया एरा सुरु हुने बताएको छ । आइसीसीले जारी गरेको विज्ञेप्तीमा सल्लाहकार समितीले सबै पक्षसंगको छलफल पछि तयार पारेको नया विधान प्रति सबै सकारात्मक रहेकाले अबको पाटो साधारण सभाबाट विधान पारित गर्नुपर्ने र त्यसपछि निर्वाचनका लागि अगाडी बढ्नुपर्ने छ ।

सल्लाहकार समितिले तयार पारेर झन्डै दुई महिनाअघि आइसिसीमा पठाएको क्यानको प्रस्तावित विधानमा समिति भित्रै एकमत हुन नसकेपछि थप छलफलका लागि आइसिसी प्रतिनिधि मण्डल काठमाडौं आएका थिए । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेखको उपस्थिति भएको बैठकमा सल्लाहकार समितिका आठ मध्ये ६ जनाको उपस्थिति थियो । जसमा क्यानको साधारण सभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद भएको थियो । निर्वा्चित क्यानका प्रतिनिधिले राखेको प्रस्ताव बमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारण सभामा ६० जनाको सहभागिता रहने भएको छ ।

जसमा हरेक जिल्लाबाट एक जना प्रनिनिधिले भाग लिने पाउने छन । यस्तै प्रदेशबाट दुई जिल्ला बराबर एक प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका समान एक एक जना गरि ६० जनाको साधारण सभामा उपस्थिति हुने भएको छ । ग्यारेन्टी गरिएको बताइएको छ । तर छलफलबाट आइसिसीले पठाएको विधानमा हरेक दुई जिल्लाबाट एक जनाको प्रतिनिधित्व माथि भने सहमती भएको थिएन । अब नया विधानलाई एक महिनाको समयमा निलम्बित क्यानले पारित गरेर राष्ट्रिय खेलकुद परिषद हुदै आइसीसीलाई पठाउनु पर्नेछ । यदि विधान पास हुन नसकेमा आइसीसीले प्लान बी लाई अवलम्बन गर्नेछ । जुन नेपाल क्रिकेट संघसंग सम्बन्धीत सबैलाई प्रतिबन्ध गरेर अर्को छुट्टै समिती गठन गर्ने हुनेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top