In Focus

के एक महिनामा नयाँ स्वरुप पाउला क्यानले, आइसीसीले देखाएको नयाँ आशा

काठमाडौं – आन्तरीक किचलोका कारण प्रतिबन्धमा परेको नेपाल क्रिकेट संघले एक महिनाभित्र नया मोड लिने अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आशा देखाएको छ ।

नेपाली क्रिकेटको विवाद समाधानका लागि चौथो पटक नेपाल आएका आइसीसीका पदाधिकारी र सल्लाहकार समिती बिच भएको बैठकले यस्तो आशा देखाएको हो ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसक्दै आईसीसीले गत वर्ष वैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । त्यसपछि विनयराज पाण्डे, वसन्त चौधरी, चूडामणि पौडेल, चतुरबहादुर चन्द, अशोकनाथ प्याकुरेल, दीपक कोइराला, पवन अग्रवाल, रोहित दाहाललाई समेटै क्यानको विधान तयार पार्न सल्लाहकार समिति बनाएको थियो ।

दुई महिनाअघि सल्लाहकार समितिले प्रस्तावित विधान आईसीसीलाई बुझाएको थियो । तर सो विधानमा निर्वाचित भनिएको क्यानले छुटै असहमतिका बुंदा पनि समावेश गरेको थियो । बैठकमा सोहि असहमतिका विषयमा पनि छलफल भएको थियो ।

आईसीसीका तर्फ बाट उपाध्यक्ष इमरान ख्वाजा र वित्तीय शाखाका अमर शेख बैठकमा उपस्थित थिए ।

यसै बिच आईसीसीले आइतबार प्रेस विज्ञप्ति मार्फत बैठकको जानकारी गराउने बताइएको छ । स्रोतका अनुसार सल्लाहकार समितिलाई प्रस्तावित विधानमा एकजुट हुन एक महिनाको समय दिइएको छ ।

नत्र आईसीसीले आफ्नो हिसाबले अघी बढ्ने चेतावनी दिएको छ । निलम्बित क्यानको प्रतिनिधित्व गरिरहेका चन्द र प्याकुरेलको वर्तमान क्यान कार्यकारी समितिले एक कार्यकालका लागि चुनावमा भाग लिन पाउनुपर्ने मागलाई आईसीसीले अस्वीकार गरिदिएको छ । सवै जिल्लाले साधरणसभामा भाग लिन पाउने भएको बताइएको छ ।

Most Popular

To Top