Nepal U19 Cricket

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, गरुग्राम स्पोर्टस क्लव २४९ रनले पराजित

अन्डर नाइन्टिन विश्वकप छनौट खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले अभयास खेलमा लगातार दोस्रो जीत हात पारेको छ । दिल्ली स्थित ग्रेटर नोयडामा आज भएको दोस्रो अभ्यास खेलमा नेपालले गुरुग्राम स्पोर्टस क्लबलाइ दुइ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

गौतमबुद्ध युर्निभर्सिटी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउदै तीन सय ३८ रन बनाएको थियो । नेपालका लागि दुइ खेलाडीले अर्धशतकिय पारी खेले । आदिल खानले ५७ रनको योगदान दिदा संदिस सुनारले ५८ रन जोडे । आदिलले एक सय वलको सामना गर्दै दुइ चौका र दुइ छक्का हिर्काए । यस्तै दिपेन्द्र सिंह ऐरीले ४८ र पवन सरार्फले ४७ रन नेपालको खातामा जोडे । प्रनित थापा मगरले २८ रन बनाए । वलिङ तर्फ हिमांशु राई, शिसपाल सिंह, मनिस राइ र प्रताप सिंहले दुइ दुइ विकेट लिए ।

जवाफमा तीन सय ३९ रनको लक्ष्य पछ्याएको गुरुग्राम २९ ओभर एक वलमा अल आउट हुदै ८९ रनमा समेटियो । गुरुग्रामलाइ सस्तैमा समेट्ने क्रममा पवन सराफले चार विकेट लिए । ६ ओभर वल फालेका सराफले एक ओभर मेडन राख्दै जम्मा १८ रन खर्चिएका थिए । विक्रम कुमार भुसाल र रोहित कुमार पौडेलले दुइ दुइ विकेट लिए । गुरुग्रामका लागि प्रताप सिंहले सर्वाधिक १८ रन जोडेका थिए । उसका सात खेलाडीले दोहोरो अंक छुन सकेनन् । यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले फ्रेन्डस स्पोर्टस एकेडेमीलाइ एक सय २१ रनले पराजित गरेको थियो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top