International Nepal U19 Cricket

नेपाली अन्डर नाइन्टिनको लज्जास्पद हारमा खेलाडी मात्र दोषी की अरुपनि ?

काठमाडौं – आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोटका लागि हाल सिंगापुरमा रहेको नेपालको बलिङ जति सहनिय रहयो त्यति नै आलोचना ब्याटिङमा भयो ।

प्रतियोगिताको सिंगापुर विरुद्धको पहिलो खेल देखि नै बलिङमा राम्रो गरेपनि ब्याटिङमा राम्रो नगरेको नेपालले यो क्रम मलेसिया विरुद्ध पनि दोहोरयायो । सिंगापुरले दिएको ७४ रनको लक्ष्य पक्ष्याउदा नेपालले मात्र चार विकेटको जित निकाल्यो । त्यसपछि मलेसियाले ५९ रनको लक्ष्य पक्ष्याउदा पाच विकेटले मात्र जित निकाल्यो । नेपालको ब्याटिङ कति कमजोर छ भन्ने यी दुई खेलबाट प्रष्ट रुपमा देखिएको थियो । त्यसैले पनि अफगानिस्तान विरुद्ध नेपालको ब्याटिङमा सुधार गर्नुपर्ने चौतर्फि दबाव थियो । तर अफगानिस्तान विरुद्ध ब्याटिङ सुधार हुनुको साटो झन खराव हुनपुग्यो ।

यसको पछाडी फर्केर हेर्नेहो भने नेपालको तयारी कस्तो भयो भन्नेमा जान्छ । घरेलु मैदानमा तयारीमा रहेको नेपाली युवा टिमले म्याच एक्पोजरका लागि बलियो टिमसंग खेल्ने मौका गुमायो । टिम तयारीमा हुदा एशियन क्लव प्रिमियर लिग क्रिकेट आयोजना हुदा युवा टिमको प्रशिक्षणमा ठुलो धक्का पुग्यो । केहि दिन इन्डोर प्रशिक्षण गरेर टिम भारतको नोयडा प्रस्थान गरयो ।

जवकी प्रतियोगिताको अगाडी कसरी टिमलाई राम्रो प्रशिक्षण दिनसकिन्छ भनेर सोच्ने बेला प्रशिक्षण नै प्रभावित हुनेगरी बाहिरी प्रतियोगिताको अनुमती दिनु राष्ट्रिय खेलकुद परिषदले ठुलो भुल गरेको थियो । नोयडामा पनि नेपाली टिमले केहि दिन अभ्यास गरेपछि अन्तिममा अभ्यास खेल खेलेको थियो । स्थानिय टिमसंगको अभ्यास खेलले नेपाली टिमको कमजोरी के छ भन्ने खासै आंकलन गर्ने मौका सायद प्रशिक्षकले पाउन सकेनन । आफु भन्दा कमजोर टिमसंग अभ्यास गर्दा नेपाली खेलाडीको ब्याटिङ राम्रो रहेको सोच प्रशिक्ष्ँकले राखेपनि नतिजा त्यसो हुन सकेन ।

सिंगापुरमा टिमले सुरुवाती दुई खेलमा जित त हात पारे तर ब्याटिङको स्तर पुर्ण रुपमा प्रष्ट भइसकेको थियो कती कमजोर छ भनेर । अफगानिस्तानको खेलसम्म पुग्दा नेपालली खेलाडीले म्याच एक्सपोजरको निकै कमि भएको रहेछ भन्ने प्रष्ट भयो । त्यसमा पनि राष्ट्रिय टिमबाट समेत खेलिसकेको दिपेन्द्रसिंह ऐरीको फर्म पहिलो खेलदेखि नै राम्रो थिएन । यो थाहा हुदा पनि प्रशिक्षकले अनुभवी खेलाडीकै नाताले उनलाई रिप्लेस गर्न सकेनन । जसका कारण नतिजा हामी सामु छ ।

तर अझैपनि केहि बिग्रिएको भने छैन । किनकी अझै लिगमा अरु खेल बाकि नै छन । यो विचमा अफगानिस्तान मलेसिया या सिंगापुरसंग हारेमा र नेपालले अरु बाकि खेल जितेमा विश्वकप खेल्ने सपना अझै तुहिएको भने छैन ।

Comments:

comments

About the author

News Staff

Latest News