Nepal U19

नेपाल हारको नजिक, २९ रनमा झर्यो ८ विकेट

१९१ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ आज पनि धरासायी बन्यो ।

जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालले आज पनि बलियो टिम अफगानिस्तान विरुद्ध नौ रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि १२ रनमा दोस्रो विकेट गुमाएको नेपालले १९ रन हुदा ६ विकेट खेर फाल्यो । यो क्रममा नेपालका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । सन्दिप सुनुवार दुई रनमा आउट हुदा आसिफ शेख ६ र आदिल खान र दिपेन्द्रसिंह ऐरी समान चार चार रनमा पेभेलियन फर्किए । प्रनित थापामगर र अनिल शाहले खाता खोल्न पाएनन ।

त्यसपछि नेपालको थप दश रन जोडदा सातौ विकेट गुमायो । १२ बल खेलेका रोहित कुमार खाता खोल्न नपाउदै पेभेलियन फर्किए । लगत्तै सन्दिप लामीछाने पनि खाता खोल्न नपाउदै पेभेलियन फर्किदा नेपालले २९ रनमा आठ विकेट गुमायो ।

Latest News

To Top