Nepal U19 Cricket

नेपाललाइ १९१ रनको लक्ष्य, कतिको सजिलो होला नेपाललाइ यो लक्ष्य

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले अफगानिस्तानबाट एक सय ९१ रनको लक्ष्य पाएको छ ।

सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ ओभर चार बलमा एक सय ९० रनमा अलआउट भयो । पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेको अफगानिस्तानको सो क्रमलाई नेपालका साहव आलमले तोडे । ४३ रनमा खेलिरहेका इबराहिम जार्दनलाइ साहवले पेभेलियनको बाटो देखाए । त्यसपछि अर्का ओपनर नाभिद ३३ रनमा पवेलियन फर्किदा अफगानिस्तानले ८४ रनमा दोस्रो विकेट गुमायो ।

अफगानिस्तानको स्कोर एक सय ११ रन हुदा नेपालले तेस्रो सफलता हात पारयो । इमरान मोहमदीलाई १८ रनमा सराफले नै आउट गरे । एक सय ३५ रनमा चौथो विकेट गुमाएको अफगानिस्तानले एक सय ४० रन बनाउदा पाचौ विकेट खेर फाल्यो । त्यसको लगत्तै नेपालले छैटौ विकेट लिन सफल भयो । इक्राम फेइजीलाई दिपेन्द्र ऐरीले खाता खोल्न नपाउदै आउट पारे । अफगानिस्तानको स्कोर एक सय ५५ रन हुदा नेपालले सातौ विकेट झार्न सफल भयो । १२ रनमा खेलिरहेका सामसुरामन रनआउट हुन पुगे ।

एक सय ७८ रन हुदा अफगानिस्तानले आठौ विकेट गुमायो । मुजिव जार्दनलाई ११ रनमा किशोर महतोले आउट गरे । अन्तत अफगानिस्तान एक सय ९० रनमा अलआउट भयो । बलिङ तर्फ नेपालका साहव आलमले तीन तथा पवन सराफ र सन्दिप लामीछानेले दुई दुई विकेट लिए ।

Comments:

comments

About the author

News Staff

Latest News