Nepal U19 Cricket

नेपाल अफगानिस्तानसग पुन पराजित, विश्वकप खेल्ने सपना अधुरो

नेपाल आइसीसी अन्डर नाइन्टिन विश्वकप खेल्नबाट चुक्ने भएको छ । सिंगापुरमा भएको छनोट खेलमा दोस्रो स्थानमा रहदा नेपालको विश्वकप खेल्ने सपना अधुरो बनेको छ । अफगानिस्तानसंग लगातार दुई हार ब्यहोर्दा नेपाल पछि परयो । आज भएको लिगको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसंग ९६ रनले पराजित भयो ।

सिंगापुर क्रिकेट क्लबमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर पाच बलमा एक सय ९५ रनमा अलआउट भयो । ३६ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ४९ रन हुदा अफगानिस्तानको तेस्रो विकेट झरेको थियो । अफगानिस्तानका लागि इब्राहिम जार्दनले सतिकिए पारी खेले । उनले एक सय एक रन बनाए । नाभिद ओबेइदले २२ रन बनाउदा इक्राम अली खेइलले २४ रन जोडे । एक सय ५४ रन हुदा पाच विकेट गुमाएको अफगानिस्तानले त्यसपछि थप ४१ रन बनाउदा बाकि सबै विकेट गुमायो । बलिङ तर्फ नेपालका लागि साहव आलम र दिपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए ।

जवाफमा नेपाल ४० ओभर तीन बलमा ९९ रनमा अलआउट भयो । नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन । १० रन हुदा नेपालको पहिलो विकेट झरयो । त्यसपछि १२ रन हुदा नेपालले दोस्रो विकेट खेर फाल्यो । आशिफ शेख मात्र दुई रनमा पेभेलियन फर्किए । लगत्तै प्रनित थापामगर पनि पेभेलियन फर्किदा नेपालले तेस्रो विकेट खेर फाल्यो । जसका कारण नेपालले १८ रनमा तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । २३ रन हुन अनिलकुमार शाह मात्र ६ रनमा पेभेलियन फर्किदा नेपालले चौथो विकेट गुमायो । नेपालका लागि दिपेन्द्र ऐरीले ४८ रन बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा आउट हुदा ९९ रनमा अलआउट भयो । बलिङ तर्फ अफगानिस्तानका युसुफ जाजाईले चार विकेट लिए ।

Most Popular

To Top