Nepal U19 Cricket

नेपाललाइ सातौ सफलता, कतिसम्मको स्कोर बनाउला अफगानले बाकी ५ ओभरमा

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले अहिले अफगानिस्तान संग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४५ ओभरमा ७ विकेट गुमाउदै १६३ रन बनाएको छ ।

नेपालले १६ औं ओभरमा अफगानिस्तानको पहिलो विकेटको साझेदारी तोडेको छ । नेपालका लागि साहव आलमले पहिलो सफलता दिलाएका हुज् । उनले ४३ रन बनँएका इमरान मोहमादीलाइ आउट गरे । इमरानले नाभिद ओभेद संग मिलेर पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै नाभिद ३३ रनमा पवेलियन फर्किए । उनलाइ पवन सरार्फले कट एन्ड बोल्ड गर्दै नेपाललाइ खेलमा फर्काएका छन । त्यसपछि अफगानिस्तानको स्कोर एक सय ११ रन हुदा नेपालले तेस्रो सफलता हात पारयो ।

इमरान मोहमदीलाई १८ रनमा सराफले नै आउट गरे । एक सय ३५ रनमा चौथो विकेट गुमाएको अफगानिस्तानले एक सय ४० रन बनाउदा पाचौ विकेट खेर फाल्यो । बलिङ तर्फ नेपालका साहव आलमले तीन तथा पवन सराफले दुई विकेट लिए । त्यसका लगत्तै नेपालले छैटौ विकेट लिन सफल भयो । इक्राम फेइजीलाई दिपेन्द्र ऐरीले खाता खोल्न नपाउदै आउट पारे । अफगानिस्तानको स्कोर एक सय ५५ रन हुदा नेपालले सातौ विकेट झार्न सफल भयो । १२ रनमा खेलिरहेका सामसुरामन रनआउट हुन पुगे ।

Most Popular

To Top