Nepal U19

अफगानसग १४१ रनको लज्जास्पद हार, यू-१९ इतिहासकै सबैभन्दा न्युन स्कोर

अन्डर नाइन्टिन क्रिकेटको इतिहासमा नेपाल सबै भन्दा न्युन स्कोरमा समेटिदै आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत अफगानिस्तानसंग एक सय ४१ रनको भारी अन्तरले पराजित भयो ।
सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ ओभर चार बलमा एक सय ९० रनमा अलआउट भयो । पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेको अफगानिस्तानलाई साहव आलमले पहिलो झटका दिए । ४३ रनमा खेलिरहेका इब्राहिम जार्दनलाइ साहवले पेभेलियनको बाटो देखाए । त्यसपछि अर्का ओपनर नाभिद ३३ रनमा पवेलियन फर्किदा अफगानिस्तानले ८४ रनमा दोस्रो विकेट गुमायो । अफगानिस्तानको स्कोर एक सय ११ रन हुदा इमरान मोहमदीलाई १८ रनमा सराफले नै आउट गरे । एक सय ७८ रन हुदा अफगानिस्तानले आठौ विकेट गुमाएको अफगानिस्तान अन्तत एक सय ९० रनमा अलआउट भयो । बलिङ तर्फ नेपालका साहव आलमले तीन तथा पवन सराफ र सन्दिप लामीछानेले दुई दुई विकेट लिए ।

जवाफमा नेपाल २६ ओभरमा ४९ रनमा अलआउट भयो । अन्डर नाइन्टिनको इतिहासमा नेपालको यो अहिलेसम्मकै न्युन स्कोर हो । २०१२ मा भारत विरुद्ध ९१ रनमा आउट भएपछि नेपालको यो तल्लो स्कोर हो । जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालले आज पनि अफगानिस्तान विरुद्ध नौ रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि १२ रनमा दोस्रो विकेट गुमाएको नेपालले १९ रन हुदा ६ विकेट खेर फाल्यो । यो क्रममा नेपालका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन । सन्दिप सुनुवार दुई रनमा आउट हुदा आसिफ शेख ६ र आदिल खान र दिपेन्द्रसिंह ऐरी समान चार चार रनमा पेभेलियन फर्किए ।

प्रनित थापामगर र अनिल शाहले खाता खोल्न पाएनन । त्यसपछि नेपालको थप दश रन जोडदा सातौ विकेट गुमायो । १२ बल खेलेका रोहित कुमार खाता खोल्न नपाउदै पेभेलियन फर्किए । लगत्तै सन्दिप लामीछाने पनि खाता खोल्न नपाउदै पेभेलियन फर्किदा नेपालले २९ रनमा आठ विकेट गुमायो । प्रतियोगितामा अफगानिस्तानका नाभिद उल हकले पहिलो ह्याट्रिक लिने क्रममा नेपालका दिपेन्द्रसिंह ऐरी, प्रनित थापामगर र अनिल शाहलाई आउट गरे । उनले यो सफलता नबौ ओभरमा लिएका थिए । अन्तत नेपाल ४९ रनमा अलआउट भयो । नेपालका लागि पवन सराफले सर्वाधिक २९ रन बनाए । बलिङ तर्फ ह्याट्रिक कर्ता नाभिद र मुजिवले चार चार विकेट लिए ।

Latest News

To Top