Nepal Women Cricket

नेपालले टी-२० विश्वकप छनोट खेल्ने, प्रतियोगिताका बारेमा सबै खेलाडीलाइ नै थाहा छैन

पछिल्लो पटक घरेलु प्रतियोगिता नहुदा ओझेलमा परेको र थोरै मात्र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको नेपाली महिला क्रिकेट टिमले अर्को अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । नेपालले, अर्को वर्ष वेस्ट इन्डिजमा हुने महिला ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनौट खेल्ने भएको छ ।

थाइल्याण्डमा नोवेम्बरमा हुने प्रतियोगिताका बारेमा राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले एशीया क्षेत्रको छनोट खेलको विस्तृत जानकारी भने अझै आउन बाकि रहेको बताए ।

को को ले खेल्दैछन

प्रारम्भिक जानकारी अुनसार प्रतियोगितामा चार टिमले सहभागीता जनाउने बताए । नेपाल सहित छनौट खेलमा घरेलु टोली थाइल्यान्ड, चीन र हङकङले प्रतिस्पर्धा गर्नेछ । यसअघि एकदिवशीय विश्वकपको छनौट खेलमा पनि यिनै चार टिमले सहभागिता जनाएका थिए । छनौटको शीर्ष स्थानमा रहने टोलीले अर्को बर्षको नोभेम्बर दुइ देखी २५ सम्म वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनौट हुनेछ ।


सबै खेलाडी नै जानकार छैनन

यहि प्रतियोगिताका लागि थाइल्याल्न्ड र हङकङले तयारी सुरु गरिसकेका छन । तर नेपालको भने सवै खेलाडीले प्रतियोगिता हुदैछ भन्ने पनि आधिकारिक रुपमा जानकारी नै पाएका छैनन् । कप्तान रुविना क्षेत्रीले अहिले सम्म छनौट खेलको तयारीका बारेमा कसैले केही पनि जानकारी नगराएको बतँइन् ।

खेलाडी छनोट प्रक्रिया के हुने

प्रशिक्षक जगत टमाटाले भने राष्ट्रिय खेलकुद परिषद संग खेलाडी छनौटका लागि प्रतियोगिता गर्नु पर्ने प्रस्ताव राखेको जानकारी दिए । यदि परिषदले प्रस्ताव स्विकार गरे राष्ट्रिय प्रतियोगिता बाट खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा राखिनेछ । नभए पछिल्लो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका खेलाडी र जिल्ला बाट छनौट गरी बन्द प्रशिक्षणमा बोलाइने उनको भनाइ छ । हाल नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले नेपालले खेल्ने सवै अन्तराष्ट्रिय प्रतियोगिताको जिम्मा आइसीसीले लिदै आएको छ । अँइसीसीले तयारीका लागि एक महिनाको रकम पठाउने गरेको छ । आइसीसीलाई पनि पत्र पठाइ सकिएको टमाटाले जानकारी दिए ।

प्रशिक्षकको जिम्मेवारी कसले पाउने

यो प्रतियोगिताका लागि नेपाली महिला टिमको प्रशिक्षक को हुने भन्ने पनि एकिन हुन सकेको छैन । आइसीसीले जसलाई प्रशिक्षकका लागि पहल गर्छ त्यसपछि मात्र टुङगो लाग्ने बुझिएको छ । यसअघि महिला टिमलाई प्रशिक्षक राजु बस्न्यातले प्रशिक्षण दिदै आएका थिए । तर पछिल्लो पटक उनि दक्षिण कोरीयाको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन । यो विषयमा प्रशिक्षक राजुसंग कुरा गर्दा यसपटक आफुलाई प्रशिक्षकको जिम्मेवारी दिने सम्भावना निकै न्युन भएको बताए । प्रतियोगिता आउन तीन महिनाको समय बाकि हुदा पुरानै सैलीले एक महिना १५ दिन अगाडीबाट सुरु गर्नुको सट्टा योजनाबद्ध रुपमा अगाडी बढे महिला क्रिकेटले पनि विश्वकप खेल्न सक्ने ठुलो सम्भावना रहेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top